बोर्डमा एनएचपिसीको निवेदन,पश्चिम सेती जलविद्युत्
भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ।
भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ।
सरकारले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस आर ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।
पश्चिम सेती आयोजना निर्माण हुँदा मुलुकको अर्थतन्त्र मजबुत हुन्छ भन्ने विश्वासका साथ सुदूर पश्चिमेलीहरू थातथलो छाड्न तयार छन्। वाधा विरोध गरेका छैनन्। यसैले स्थानीयवासीको त्याग, धैर्य र निष्ठालाई सम्मान र न्याय गर्न आयोजना निर्माण गर्न पछि पर्नु हुँदैन।