चितवन उपनिर्वाचन: केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।
चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।
वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँणले बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन खुलेर लाग्न बाराका कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्।
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरूले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरूले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।
आउने बैखाख १० गते हुनेउपनिर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहको छ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ।
सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।
सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।
प्रमुख राजनीतिक दलहरूको ध्यान वैशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा २, चितवन २ र तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेदवारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचनमा केन्द्रित बन्न पुगेको हो।
बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।
तनहुँलाई बेलाबेला उत्तिकै चर्चामा पुर्याइरहन्छ। यो पटक तनहुँ फेरि पनि चुनावी चर्चामा छ। कारण–तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ। जहाँ यसअघि अनुमान गरिए भन्दा फरक उम्मेदवार चुनावी मैदानमा उत्रदैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ।