१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जीपको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

जीपको ठक्करबाट शुक्रवार राती एक वृद्धको मृत्यु भएको छ। श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को. २ च २१० नम्वरको जीपले ठक्कर दिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

गण्डकी प्रदेशका दुई जिल्लामा भएका दुर्घटनामा २० जना घाइते भएका छन्। शुक्रबार स्याङजा र तनहुँमा दुर्घटना भएको हाे।

ट्रक र भ्यान ठोक्किँदा सानेपामा दुई जनाको मृत्यु

सानेपामा एक ट्रक भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किएको थियो।

ओखलढुंगा दुर्घटना : मृतकको सनाखत

ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

काठमाडौँकाे लागि छुटेकाे जीप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगाको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप भडारेखोलामा दुर्घटना भएको हो।

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

विपरित दिशावाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतवार विहान तीन जनाको मृत्यु भएको छ।

जीपको ठक्करबाट दुईको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए।

प्रदेश नं.१ मा दुर्घटनाको मुख्य कारण मापसे

मादक पदार्थ सेवन गरि सवारी चलाउने चालककै कारण सबैभन्दा बढी दुर्घटनाका घटना भएको निश्कर्ष प्रदेश नं. १ ट्राफिक प्रहरीले निकालेको छ। अहिलेसम्म प्रदेश नं. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामध्ये ८० प्रतिशत मापसेकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांक छ।

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो।

रत्नपार्क आउँदै गरेको बस दुर्घटना, तीनको अवस्था गम्भीर, चालक फरार

दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका २४ मध्ये ३ को अवस्था गम्भीर रहेको  छ।

ट्रयाक्टर नहरमा खस्दा चालकको मृत्यु

बालुवालिएर फर्किदै गरेको ज१त २०७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खस्दा ट्रयाक्टर–चालक कौडेना गाउँपालिका–७ का ४५ वर्षीय राम सोगारथ मण्डलको घटनास्थलमै मृत्यु भएको छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बागमती नगरपालिका–५ रामपुर निवासी राजन राउतकी पाँच वर्षीया छोरी रोजिनाको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्