१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

ट्याक्टरले किच्दा बालकको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार साँझ खैरेनीटारबाट छाङपाटन जाँदै गरेको ग १ त ४६४४ नम्बरको ट्याक्टरले किच्दा स्थानीय १२ बर्षीय बालक विवेक परियारको मृत्यु भएको हो।

जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

मंगलवार दिउँसो जाजरकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ आउदै गरेको ग१ ज ५८१२ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको हो।

भिरबाट लडेर एकको मृत्यु

सिद्धिचरण नगरपालिका ७ विगुटारमा सोमबार भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३३ को लाक्पा दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा दोल्पु भीरबाट लडेर करिब एक सय मिटर तल पुगेर गम्भीर घाइते भएका थिए। घाइते भएका शेर्पाको ओखलढुंगा सामुदायिक अस्पतालमा  उपचारका क्रममा ज्यान गएको हो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा तीन जना सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा २७ लाख क्षति

सवारी दुर्घटनाका कारण बाँकेमा चालू आर्थिक वर्षमा २७ लाख ५६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार गत भदौ महीनामा सबैभन्दा बढी र माघमा सबैभन्दा कम क्षति भएको छ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमा दुई उपचारका लैजाँदै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २१ घाइते (फाेटाे फिचर)

जिल्लाको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको नम्बरको यात्रुबाहक बस सोमवार दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किँदा चालकसहित ४ जनाको मृत्यु भएको हो।

मलेसियामा बस दुर्घटना, दुई नेपालीको सहित १० जनाकाे मृत्यु

मलेसियामा नेपाली चढेको बस दुर्घटनामा परेको छ। सेलागर भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुई नेपालीसहित १० जनाको मृत्यु भएको हा्े। इन्डाेनेसियाका ३ र बंगालका ५ जनाकाे नागरिककाे उक्त दुर्घटनामा परी ज्यान गएकाे हाे

ट्याक्टरले किच्दा एकको मुत्यु

ताप्लेजुङमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– २ फूलवारीमा ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानकोको मृत्यु भएको हो।

भूकम्प शिक्षा र हुरीको नतिजा

पटक–पटक दोहोरिएका दुर्घटनामा घायल हुँदै राजनीतिको बाघचलमा चोला फेर्दै संस्थागत हुने संघर्षमा संलग्न नेपालको प्रजातन्त्र ६९ वर्षको भइसकेको छ। व्यक्तिका लागि पूरै जीवन अवधि हो– ७ दशक। नागरिक भएको भए नेकपा एमाले नेतृत्वको पहिलो सरकारद्वारा प्रारम्भ बृद्धभत्ता खाएर अवकाशको जीवन बिताउन पाउने। तर प्रजातन्त्र प्राणी हैन, देश र नागरिकको जीवन पद्धति हो। उमेरसँगै परिमार्जित हुँदै जाने, सार्थकता बढ्दै जाने जीवन्त सिध्दान्त हो– प्रजातन्त्र। नेपालमा प्रजातन्त्रको पटक–पटक न्वारान भएको छ। विशेषण फेरिएको छ।

रोकेको जीप दुर्घटना, यात्रु हाम फालेर बचाए ज्यान

डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो।

बस र ट्रक ठाेक्किँदा १६ जना घाइते

तनहुँमा पृथ्वीराजमार्ग अन्तर्गत नारिघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ट्रक चालकसहित १६ जना घाइते भएका छन्।

जीपको ठक्करबाट एकको मृत्यु

जिल्लास्थित श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को २ च २१० नम्बरको स्करपियोले ठक्करदिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्