सरकारले वैदेशिक रोजगारीलाई मर्यादित बनाउँन एनआरएनएसँग सहकार्य गर्ने
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए। एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गरे। उनले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताए।