७ वैशाख २०८१ शुक्रबार

कमिसनको लोभमा १ लाख ८० हजार तिरेर गाडी चढ्दै रास्कोटका मेयर

नगरपालिकाको आफ्नै दुई वटा गाडी भएपनि मेयर शाही कमिसनको लोभमा निजी स्कारपियो गाडी भाडामा लिएर चलाइरहेका छन्।

वडाध्यक्षलाई कार्यपालिका बैठकमा बस्न रोक

रास्कोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ।

स्थानीय तहमा ‘जनयुद्ध दिवस’: अध्यक्ष बिदा दिन्छन्, उपाध्यक्ष विरोधमा विज्ञप्ति निकाल्छन्

सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो। यसपछि माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित शाहीले स्थानीय तहबाटै पालिकामा बिदा दिने निर्णय गरेका थिए।

अनुमतिपत्र नभएकालाई शिक्षकमा नियुक्ति

जिल्लाको रास्कोट नगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई पनि नगर अनुदान शिक्षकमा नियुक्ति गरेको छ।

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।

आरसिपी बजारका घरटहरा भत्काउन सुरु

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ।

नगर प्रहरीको भर्ना प्रक्रिया सुरु

नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। कालिकोटका नौ स्थानीय तह मध्ये नगर प्रहरी भर्ना गर्ने रास्कोट नगरपालिका पहिलो हो।

नेपाली भूमि रक्षाको लागि एमालेलाई भोटः ओली

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’

आरसिपी बजारको कब्जा जमिन खाली गर्न निर्देशन

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिकाको निर्णय अनुसार सूचना प्रकाशन भएको दिनदेखि ४५ दिनभित्र घर टहरा हटाउन भनिएको छ। नगरप्रमुख धर्मराज शाहीले सूचना गरी प्रक्रिया थाल्न निर्देशन गरेपछि प्रमुख प्रशासकीय अधिकृतले सूचना प्रकाशन गरेको नगरपालिकाले जनाएको छ।

शैक्षिक सुधारको अभियानमा नगरपालिका

नगरपालिका भित्रका सम्पूर्ण सरकारी विद्यालयहरूको अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत् शैक्षिक गोष्ठी थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्