७ वैशाख २०८१ शुक्रबार

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

पाकिस्तानमा गोली हानाहान हुँदा तीन आतङ्ककारी मारिए

आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए।

नाइजेरिया सैनिक कारबाहीः २९ जना मारिए

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए। आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाकु हुन्।

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन्।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा परी २४० को मृत्यु

अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ।

‘अमेरिकाले आतङ्ककारीलाई समर्थन गर्‍यो’

इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताएका छन्।

पाँच आइएस आतङ्ककारी मारिए

अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स ९ आइएस आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ ।

अफगानिस्तानको  हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्।  अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ।

अफगानिस्तानको हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्।  यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्।

अफगानिस्तानको हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन्।

हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

एक दिनमा ८४ आतङ्ककारी मारिए

अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो कारबाही जारी राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्