६ वैशाख २०८१ बिहीबार

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ: विज्ञ

छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्न सक्ने बताइएको छ।

छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छिन्।

बिआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई यथाशीघ्र कार्यान्वयन गर्न कार्ययोजना बनाउने सहमति भएको छ।

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा:अध्यक्ष चाओसँग भेटवार्ता बेइजिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

पोखराको पर्यटनलाई ‘ड्रागन बोटरेस’ कोसेली

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुने भएको छ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण गर्ने तयारी पनि छ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

‘तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको हो,’ उनले नागरिकसँग भने।

नेपाल–चीन नाका सुचारु गराउने अवसर

कुनै पनि समस्यालाई लुकाएर समाधान हुँदैन, समस्याको विषयमा खुलस्त वार्ता गरी समाधान खोज्नुपर्ने हो। यदि चिनियाँ पक्षले फ्रि–तिब्बत गतिविधिकै आशंकामा सीमामा झमेला निकालेको हो भने यस मामिलामा नेपाली पक्षले चीनलाई आश्वस्त पार्न सक्नुपर्छ।

नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।

चिनियाँ विदेशमन्त्रीको भ्रमणः समृद्धि यात्रामा भरपर्दो साझेदारी

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा मात्र गरिएको छैन।

टिमुरे सुक्खा बन्दरगाहको काम २० प्रतिशत पूरा

विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ। निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए।

तातोपानी कारोबार झन्–झन् ओह्रालोतिर

२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्