८ मंसिर २०८१ शनिबार
image/svg+xml

अर्घाखाँचीमा भुसाललाई गठबन्धनको बल, रायमाझीलाई ‘पपुलर’ भोटको आश

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।

प्रतिनिधिसभाका सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ।

निर्वाहमुखी विकासको अर्थ छैनः उपसभामुख भुसाल

‘विकासले सिमित क्षेत्र ओगटेको छ, उनले भनिन्, ‘आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन भए मात्र राष्ट्र विकसित हुन्छ।’ उनले भ्रष्टाचारमुक्त अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन्। जबसम्म राष्ट्रको अर्थतन्त्र भ्रष्टाचार मुक्त हुँदैन तबसम्म विकास निर्वाहमुखी मात्र हुने उनको भनाइ छ।

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन काँग्रेस नेतृ भुसालको माग

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन् ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछः पुष्पा भुसाल

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छिन्।

रुस-युक्रेन युद्धका कारण नेपाली जनता मूल्य वृद्धिको मारमा: पुष्पा भुसाल

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन्।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्