९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले २, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने अन्तराष्ट्रिय चलन नै हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताएका छन्। शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने ‘यो कसरी हुन सक्छ भोलि नै बाम गठबन्धनको बैठक बसेर सकारात्मक ढंगको निकास निकाल्ने गरी अन्तिम धारणा सार्वजनिक गर्ने छौं।’

‘म समानुपातिकमा पर्छु ?’

विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए । एकाइका कर्मचारीसँग उनीहरूले एकएक गरी सोधे, ‘समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ?’

समानुपातिकमा बदर बढी

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।

समानुपातिकमा कांग्रेस दोस्रो दल

प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने आफ्नो अवस्था सुधार गरेको छ । कांग्रेसले समानुपातिकतर्फ झन्डै साढे ३१ लाख मत पाएको छ ।

समानुपातिकमा १० लाख मत खेर गयो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त मत खेर गएको हो ।

सकियो समानुपातिकको मतगणना

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ।

प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

इलामको समानुपातिकमा एमाले पहिलो

समानुपातिकतर्फ इलामका दुवै प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सकिएको छ। अन्तिम नतिजा अनुसार नेकपा एमाले सबै क्षेत्रमा सबैभन्दा ठूलो दल भएको छ।

समानुपातिक तर्फ डोटीमा नेपाली कांग्रेस पहिलो

प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

चितवनमा समानुपातिकमा एमाले, काँग्रेस, माओवादीपछि विवेकशिल

चितवनमा समानुपातिक तर्फको मत गणना जारी छ। मत गणना आज साँझसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

समानुपातिकमा एमाले पहिलो

प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य जितेर सिन्धुपाल्चोकमा पहिलो भएको एमाले समानुपातिकमा पनि पहिलो भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई क्षेत्र रहेको जिल्लाबाट एमालेले ३६ दशमलव ८० प्रतिशत मत प्राप्त गरेको छ ।

दार्चुलामा प्रत्यक्षको भन्दा  समानुपातिक दोब्बर मत बदर

पहिलो चरणको निर्वाचनमा दार्चुलामा  प्रत्यक्षको भन्दा  समानुपातिकतर्फ दोब्बर मत बदर भएको छ । प्रत्यक्षतर्फ ४ प्रतिशत रहेको बदर मत संख्या समानुपातिकमा ८.४१ प्रतिशत पुगेको छ।

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्