९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोलामा डुबेर दिदी भाइको मृत्यु

रुकुममा स्कुल जाने क्रममा खोलामा डुवेर दिदी भाइको मृत्यु भएको छ। भुम्या नगरपालिका–७ धर्मशाला बस्ने ११ बर्षीया सपना बुढा र ८ बर्षीय जित बहादुर बुढाको मंगलबार रोल्पा थवाङ स्थित स्कुल जाने क्रममा रुकुम धर्मशाला बागुचौर भन्ने स्थानको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलामा डुबेर दुईको मृत्यु

खोलामा डुबेर भिन्ना भिन्नै स्थानमा दुई जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा तमोर र हेवा खोलामा डुवेर दुई जनाको मृत्यु भएको प्रहरीले जानाएको छ।

मदिराले मातिएका शर्माकाे नालामा डुबेर मृत्यु

तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

सप्तकोसीमा एक जना युवा डुबेर बेपत्ता

सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।

बुबासँग घुम्न गएका बालककाे पाेखरीमा डुबेर मृत्यु

नारायणस्थान, तानसेनमा रहेको पोखरीमा डुबेर शनिबार साँझ एक बालकको ज्यान गएको छ। पोखराथोक–४, पाल्पा घर भएका ६ वर्षीय बालक नितेष कुमालको ज्यान गएको हो।

जितिया नुहाउन गएकी महिलाको पोखरीमा डुबेर मृत्यु

आफ्नो छोराको दीर्घायुका लागि गरिने जितिया पर्वको अघिल्लो दिन नुहाउन जाँदा पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बगही वार्ड नम्बर १ की २१ वर्षीया सीमा सहनीको गाउँकै पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो।

डुबेर बालबालिका मृत्यु हुने क्रम बढ्दो ,सुनसरीमा १९ जनाको मृत्यु, दुई बेपत्ता

जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।

लाल बकैया नदीमा डुबेर बालकको मत्यु

रौतहट– लाल बकैया नदीमा डुबेर आइतबार एक बालकको ज्यान गएको छ। गौर नगरपालिका वडा नम्बर–१० सपगढा टोलका शेख शमिउल्लाहका १० वर्र्षीय छोरा शेख इस्ताक आलमको मृत्यु भएको हो।

डुबेर दुई बालिकाको मृत्यु

महोत्तरी– महोत्तरीमा शुक्रबार एकै दिनमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। एकडारा बेला ४ स्थित कुलोमा एकडारा २ बस्ने मुतुर्जा अन्सारीकी भान्जी सिस्वा कटैया ४ का असफाक अन्सारीको ५ वर्षीया छोरी उमिया खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

कराहीमा डुबेर बालकको मृत्यु

रौतहट-मिठाइ बनाउने कराहीमा डुबेर रौतहटमा बालकको मृत्यु भएको छ। रौतहटको गम्हरिया २ का जहर आलमको डेढ वर्षका छोरा बाबुदीन आलमको खेल्ने क्रममा कराहीमा डुबेर मृत्यु भएको हो।

खोलामा डुबेर मृत्यु

तेह्रथुम– यहाँको ओयाक्जुङ–९ मा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। आयोक्जुङ–९ बस्ने १५ वर्षीय रोशन पुर्कुटीको खोलामा डुबेर मृत्य भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्