११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो ‘सुधार र खुलापन।’ सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो।

हामीले चीनबाट लाभ लिन सकेनौं, राष्ट्रपतिको भ्रमणले वातावरण बनाउँछः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय भ्रमणले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन्। सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले भ्रमणले चीनको विकाससँग नेपाललाई जोड्न विभिन्न माध्यम र उपायहरुको खोजी गर्ने बताए।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ। भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन्।

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

उत्तरी छिमेकी चीन सरकारको सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन भएको छ। प्रदेश नम्बर २ सरकारले चीनबाट अनुदान र ऋण सहयोगमा गाई ल्याउने निर्णय गरेका बेला बुधबार सदरमुकाम मलंगवामा युवाको समूहले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन्।

तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि यो नामा झण्डै चार वर्षदेखि बन्द रहँदै आएको छ ।

स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कुलमा प्रदर्शनी गर्न शुरु गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन्।

अमेरिकाले जब चीनविरुद्ध कठोर बन्ने निर्णय गर्‍यो...

सन् १९७१ को आफ्नो खुफिया बेइजिङ भ्रमणबाट किसिन्जरले बन्द रहेको चीनसँग अमेरिकाको सहकार्यको युग सुरु गरे। तत्कालीन समयमा अमेरिकी सुरक्षाको लागि चीनसँग व्यापार, लगानीलगायत क्षेत्रमा सहकार्य गर्नु आवश्यक ठानिएको थियो। व्यापार र लगानी क्षेत्रमा अमेरिका र चीनबीचको सहकार्यले चीनलाई पनि अमेरिका जस्तै बनाउने विश्वास पनि गरिएको थियो।

किन कमजोर हुँदै छन् मोदी ?

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ।

चीनको चमत्कार

सन् १९७८ मा नेता तङ स्यावोफिङले सुधार र खुलापन नीति सुरु गर्दासम्म चीन अत्यन्त गरिब राष्ट्रमा गनिन्थ्यो। सन् १९८० देखि ९० को दशकसम्म चीन विश्वबाट धेरै अनुदान लिने देश थियो।

विश्व बजारमा चीन यसरी बादशाह बन्यो

चिनियाँ मोडलको सफलतालाई चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रुपमा व्याख्या गर्ने गरिएको छ तर यो सफलताको पछाडि विश्व बजारमा प्रवेश गर्ने उसको रणनीतिले काम गरेको छ।

चीनको विकास, जहाँ अर्थशास्त्री असफल भए

चीनलाई अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यानले दिएको सन्देश थियो– धनी हुन स्वतन्त्र हुनैपर्छ। यो सन्देश उनले सन् १९८८ मा दिएका थिए। त्यतिबेला सोभियत संघ ढल्मलाइरहेथ्यो। पूर्वी युरोपमा कम्युनिष्ट व्यवस्था विघटनको संघारमा थियो। आफूलाई विघटनबाट जोगाउन चिनियाँ कम्युनिष्ट पार्टीले अर्थतन्त्रबाट धेरथोक हात झिक्ने बाटोतर्फ लाग्यो। तर खाना र अन्य दैनिक आवश्यकताका सामग्रीको मूल्य व्यवस्थापन ठूलो समस्या थियो।

चीनमा ‘मितिनी’ र ‘सोल्टी’ सार्वजनिक

नेपालले गत अगस्टमा चीनलाई उपहारका रूपमा दिएको जोडी गैंडा सात महिनापछि सार्वजनिक गरिएको छ। गत शनिबारदेखि साङहाईको पुतोङस्थित वन्यजन्तु पार्कमा सो एकसिंगे गैंडा जोडीलाई सर्वसाधारणका लागि प्रदर्शमा राखिएको हो।

अमेरिका–चीन व्यापार वार्ता ‘रचनात्मक’, अर्काे वार्ता वाशिंटनमा

संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा सकारात्मक रूपमा सम्पन्न भएको छ। शुक्रवार सम्पन्न वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन्।

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

बिहीबार बिहान चीनको दक्षिणमा रहेको टापु हाइनानको पो आउ (अंग्रेजीमा बोआवो)मा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भयो। सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले वैदेशिक लगानी कानुन पारित गरेर चीनले विदेशी लगानीलाई अझै सहज बनाएको औंल्याए। ‘साझा भाग्य, साझा प्रयास र साझा विकास’ मुख्य विषय रहेको पोआउ सम्मेलनले विशेषगरी आर्थिक मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ। चालु वर्षको वार्षिक सम्मेलनमा ६० मुलुक तथा क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्