११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिका–चीन व्यापार वार्ता सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।

नेपाल–चीन सहयात्रा

यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपाललाई भारतीय भूमि नछोइकन समुद्रसम्मको पहुँच प्राप्त भएको छ। यस हिसाबले नेपालको भारतसँगको निर्भरता घटाएको छ।

चीनबाट सिक्नुपर्ने कुरा

सन् १९७८ देखि जनवादी गणतन्त्र चीनमा एउटा युग थालनी भयो। जसलाई सुधार र खुलापनको युग भनिन्छ ।सुधार र खुलापनको युगमा पदार्पण गरेयता चीनले आफ्ना वरपर संसारका धेरै आयाम देख्यो र त्यसबाट सिक्ने प्रयत्न ग-यो।

थ्री स्टार सेमिफाइनलमा

माइभ्याली क्लब इलामलाई १–० को झीनो अन्तरले पराजित गर्दै थ्री स्टार क्लब चौथो मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। थ्री स्टारले अब वैशाख १९ गते हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन क्लब काठमाडााैंको सामना गर्नेछ। जितका लागि थ्री स्टारका डिफेन्स अनन्त तामाङले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

'रेलमा राजनीति गर्नुपर्ने कुनै कारण छैन'

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणका क्रममा सोमबार अपराह्न चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेट र छलफल भएको छ। सो अवसरमा नेपाल र चीनबीच यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा पनि हस्ताक्षर भएको छ। सो भेटपछि बेइजिङमा नागरिकका लागि चेतनाथ आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:

व्यापार बढाउने समझदारी

नेपाल–चीन चेम्बर अफ कमर्स र चीनको बेइजिङस्थित चाइना ओभरसिज डेभपलमेन्ट एसोसिएसनबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनसम्बन्धी समझदारी भएको छ।

चीनसँग यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्।

विश्वका नेतालाई चिनियाँ राष्ट्रपति सीको आग्रह

चीनको हालसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व समुदायलाई आग्रह गरेका छन्। उनले आफूले अघि सारेको चीनको महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अन्य नेतालाई पनि आग्रह गरेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। शुक्रबार सुरु भएको शिखर सम्मेलनमा आइतबार राउण्ड टेबल शिखर वार्ता भएको थियो।

धरान फुटबल क्लब विजयी

झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकप फुटबलमा शुक्रबार च्यासल युथलाई हराउँदै धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बेइजिङमा राष्ट्रपतिको सम्बोधनः नेपालका लागि कनेक्टिभिटी महत्वपूर्ण, लगानी र पर्यटनको ढोका खुल्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छिन्। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको शुक्रबार बेइजिङमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन्।

अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

राष्ट्रपति भण्डारी चीन प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्