८ मंसिर २०८१ शनिबार
image/svg+xml

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

‘समयमा काम नसक्ने ठेकेदारलाई सरकारले किन कारबाही गर्न सकेन ? काम नगर्ने ठेकेदारलाई हटाई नयाँ ठेकेदार ल्याएर भए पनि तत्काल सडक पिच हुनुपर्छ।’

म्याद थपिन्छ, काम सकिँदैन

ठेक्का सम्झौताअनुसार त्रिपुरेश्वर–नागढुंगा (१२.६ किलोमिटर)को सडक २०७४ पुस मसान्तभित्रै सडक निर्माण भइसक्नुपथ्र्याे। सडक निर्माणको सम्झौता सकिएको एक वर्ष पुग्न लाग्दा पनि सडक अधुरै छ। ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न नसकेपछि अहिलेसम्म सडकको ५० प्रतिशत काम मात्रै सकिएको छ।

त्रिपुरेश्वरको पेट्रोल पम्पमा आगलागी, एकको मृत्यु (फोटो फिचर)

काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्पभित्र रहेको वर्कसपमा भएकाे आगलागीका एक जना घाइतेको मृत्यु भएको छ। बिहीबार साझ भएको सो आगलागीमा परी सख्त घाइते दुइ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

नागढुंगा-त्रिपुरेश्वर सडक खण्डको १२ किलोमिटरमा २५ 'स्टेअर्डर'

राजधानी भित्रिने प्रमुख नाका नाका नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक विस्तार कार्यक्रम स्थानीयको अवरोधका कारण निर्धारित समयमा नसकिने देखिएको छ। १२.५ किलोमिटर सडक खण्डको छेउछाउका बासिन्दाले दायर गरेको मुद्दामा अदालतले २५ वटा अन्तरिम आदेश (स्टेअर्डर) जारी गरेको छ। त्यसबाहेक स्थानीयले पनि ठाउँठाउँमा विस्तार कार्यमा अवरोध जारी राखेका छन्।

त्रिपुरेश्वर-कंलकी-नागढुंगा विस्तार सुस्त

उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कंलकी–नागढुंगा भएर दैनिक हजारौं सवारीसाधन गुड्छन्। दिनहुँ हुने ट्राफिक जामले १२ किलोमिटर पार गर्न घन्टौं लाग्ने गरेको छ।

त्रिपुरेश्वर-कंलकी हिँडिनसक्नु

राजधानीको सबैभन्दा धेरै चाप हुनेमध्ये त्रिपुरेश्वर–कंलकी सडक विस्तार सुरु भएपछि यो बाटो हिँड्ने यात्रु र स्थानीय सडकको दुरावस्थाले आजित छन्। भत्केको सडक धुलोले दिउँसै अँध्यारो हुन्छ। दुवैतिरको फुटपाथ भत्काएपछि बनेका खाल्डाले पैदल हिँड्न पनि सास्ती छ।

त्रिपुरेश्वर-माइतीघर फ्लाई ओभरमा जापानको सहयोग

नेपालका लागि जापनका राजदूत मासासी ओगावाले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)मार्फत काठमाडौंको ट्राफिक समस्या समाधान सहयोग गर्ने बताएका छन्। जापान सरकारले त्रिपुरेश्वर देखि माईतीघरसम्म फ्लाई ओभर वि्रज निर्माणलाई प्राथमिकता राखेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्