१५ मंसिर २०८१ शनिबार
image/svg+xml

स्ववियु निर्वाचन सारेकोमा क्रान्तिकारीको आपत्ति

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा भदौ ८ का लागि तय भएको निर्वाचन सारिएको विषयप्रति नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।

चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह

सरकारको मुख्य ध्यान निर्वाचन गराउने रहेको भन्दै चैतमा स्थानीय निकायको निर्वाचन हुनेमा शंका नगर्न आग्रह बालानन्द पौडेलको नेतृत्वमा रहेको राज्य पूर्नसंरचना आयोगले सिफारिश गरेको संख्यामा कुनै विवाद छैन

एन्फा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिने

नयाँ अध्यक्ष र एक उपाध्यक्ष चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कात्तिक ८ मा हुने भएको छ।

उद्घाटन भएकाे नाै दिनपछि नयाँ नेतृत्वका लागि निर्वाचन जारी

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन जारी छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान जारी छ।

नेविसंघको निर्वाचन बुधबार हुने

काठमाडौँ-महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ।

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो।

नेविसंघ निर्वाचन बुधबार

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने भएको छ। साता लामो प्रयासपछि सार्वजनिक प्रतिनिधिको सूचीप्रति पार्टी नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएपछि माग सम्बोधन गर्न मंगलबारका लागि तोकिएको निर्वाचन एक दिन पछि सारिएको हो।

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

सातै प्रदेशमा फरक विधिबाट निर्वाचन

संविधानअनुसार हुने प्रदेश सभा निर्वाचनमा सातवटा प्रदेशमा जातीय आधारमा फरक–फरक समावेशी समानुपातिक विधि अवलम्बन गरिने भएको छ। निर्वाचन आयोगले प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा तयार गरेको विधेयकमा हरेक क्षेत्रमा बसोबास गर्ने जातअनुसार प्रतिशत तोकिने उल्लेख छ।

ताेकिएकाे समयभित्र निर्वाचन नभए संवैधानिक संकट : श्रेष्ठ

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले ०७४ माघ ७ भित्र निर्वाचन सम्पन्न नभए मुलुकमा अर्को खिलराज जन्मिने दाबी गरेका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले संविधान अनुसार आगामी ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न गनुपर्ने भन्दै संविधान संशोधनमा एमाले बाधक बने मुलुकमा अर्को खिलराज रेग्मी जन्मिने दाबी गरे।

निर्वाचन कार्यालय र कोलेनिकालाई ३ रोपनी जग्गा दान

तेह्रथुम– कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणका लागि एक स्थानीयले करिब ३० लाख रुपैयाँ मूल्य डेढ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन्। कोलेनिकाको भवन निर्माणका लागि म्याङलुङ– २ बस्ने मायादेवी ढकालले १ रोपनी ८ आना जग्गा दान गरेकी हुन्।

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेप नि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

अस्थायी मतदाताले प्रदेशसभा सदस्यलार्इ भाेट दिन नपाउनेः निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयककाे मस्यौदा तयार गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ।

निर्वाचन टुंग्याउन कानुन माग्दै आयोग

काठमाडौं-निर्वाचन आयोगले संविधान कार्यान्वयनसँगै तीन तहको निर्वाचन समयमै सक्न आवश्यक कानुन माग गर्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन छिटो टुंग्याउन दलहरूलाई आग्रह गरेको छ।

सीमाकंन आयोगको प्रतिवेदन भदौभित्र कार्यान्वयन भइसक्नुपर्छः निर्वाचन आयोग

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले मंगलबार सरोकारवालासँग गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यसअघिको सरकारले प्रस्ताव गरेको निर्वाचन तोकिएको मिति मै गर्न सीमाकंन आयोगको प्रतिवेदन भदौभित्र कार्यान्वयन भइसक्नुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्