मतपत्र छपाइ अन्तिम चरणमा
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले देशभरका ७५ जिल्लामध्ये ७३ जिल्लाको मतपत्र छपाइको काम भइरहेको जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले देशभरका ७५ जिल्लामध्ये ७३ जिल्लाको मतपत्र छपाइको काम भइरहेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनका लागि आयोगले ६२ जिल्लाका एक करोड ३२ लाख मतपत्र छपाइएको जानकारी दिएका छन्।
कुनै पनि निर्वाचनमा उम्मेदवार मन नपरेको खण्डमा मतपत्रमै बहिष्कार गर्ने अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। यसअघि सर्वोच्चको आदेशबाट स्थापित 'कसैलाई पनि भोट दिन्नँ' भन्ने अधिकारको उल्लंघन भएको आइतबार दायर रिटमा दाबी गरिएको छ।
स्थानीय तह निर्वाचनका लागि अब ४० लाख मतपत्र छाप्न बाँकी छ। १ करोड २० लाख मतपत्र छाप्ने काम सकिएको छ। निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई दिएको छ।
स्थानी तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुनः मुद्रण गर्ने आयोग निर्णय।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई थालेको छ। वैशाख ३१ गतेका लागि घोषित निर्वाचनका लागि आयोगले आज आइतबारदेखि मतपत्र छाप्न सुरु गरेको हो।
प्रमुख निर्वाचन आयुक्त डा. अयोदी प्रसाद यादवले विद्युतीय भोटिङ् मेशिनको सम्भावना नभएको बताएका छन्। रिपोटर्स क्बलमा बोल्दै यादवले भने,‘अब मतपत्रमै निर्वाचन हुन्छ।’ यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा राखे।
निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुले स्थानीय तह वा निकायको निर्वाचनमा भाग लिई उम्मेदवारी दिए भने मतपत्रको आकार कत्रो होला ? अनुमान लगाउन नसकिने भएको छ, यही नै आयोगका लागि अहिले प्रमुख चुनौती बन्न पुगेको छ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन विद्युतीय मतपत्र यन्त्रबाट नभई मतपत्रबाट हुने भएको छ।