सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप
जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।
जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।
गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’
उदयपुरमा केहीदिनयता कोभिड संक्रमण क्रमशः घट्दै गएको छ । जस अुनसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ११ जना नयाँ संक्रमित फेला परेका छन् भने १८ महिलासहित ४८ जना संक्रमित निको भएका छन् ।
यसअघि ४ जनाको ज्यान गएको थियो। योसहित मृतक संख्या उदयपुरमा ६ महिलासहित २३ पुगेको छ। त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।