युएईमा कोरोना संक्रमित नेपालीहरुको स्वास्थ अवस्था सामान्य
युएईमा कोरोना भाईरसबाट संक्रमित हुने नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ। सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ।
युएईमा कोरोना भाईरसबाट संक्रमित हुने नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ। सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ।
कोरोना त्रास : अमेरिकामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : कोरियामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?
कोरोना त्रास : यूरोपमा रहेका नेपालीको अवस्था के छ ?
कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ।
महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्।
कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न जिल्लामा -यापिड टेस्ट गर्ने तयारी सरकारले गरिरहेका बेला विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले यस्तो परीक्षण विश्वसनीय हुन नसक्ने जनाएको छ। किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने उसको भनाइ छ।
लकडाउन खुल्नेबित्तिकै बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर छुटेका खोप लगाइहाल्न चिकित्सकले सुझाएका छन्।
अघिल्लो साता पोखरा ल्याइएको कोरोना भाइरस परीक्षण मेसिनले दैनिक बढीमा १२ वटा नमुनाको रिपोर्ट दिन सक्छ। तर यहाँ रहेको पुरानो मेसिनले दुई सिफ्ट चलाउँदा दैनिक एक सय ४० वटासम्म नमुना परीक्षण गर्न सक्छ। उच्च क्षमताको मेसिन हुँदाहुँदै पनि सुरुमै प्रयोगमा नल्याउनुले संशय उब्जाएको छ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले घोषणा गरेको लकडाउनका कारण सञ्चार जगत, किसान र विद्यार्थीले भोगीरहेका समस्याको समाधान गर्नेगरी विशेष कार्यक्रम ल्याउन सरकारमाथि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
संघीयता कार्यान्वयनको प्रारम्भदेखि देखिएको तीन तहका सरकारबीच समन्वय अभावको समस्या कोरोना कहरले थोरै भए पनि तोडेको छ। तर, पहिलेभन्दा सुधारिएको समन्वयको अवस्थाले पनि सम्भावित विपद् झेल्ने आत्मविश्वास भने कसैलाई दिएको छैन।
कोरोना नियन्त्रण र रोकथामका लागि बिभिन्न थप उपाय अपनाउने भन्दै रोल्पा जिल्लामा निरन्तर छलफल र तयारी भईरहेको छ। यसैबीच सोमवार जिल्ला प्रशासन कार्यालय रोल्पामा सर्वपक्षिय छलफल गरिएको हो। छलफलका क्रममा जिल्ला स्वास्थ्य प्रमुख अनिल केसिले कोरोना संक्रमण र महामारीका चरण र त्यसका बारेमा प्रस्तुती समेत गरेका थिए।
भारतबाट आएका कैलालीका एक युवामा कोरोना संक्रमण देखिएपछि उनिसंगै आएका दाङका सात जनालाई आईसोलेशनमा राखिएको छ। ति युवासंगै गौरीफन्टा नाका हुँदै जिल्लाका १० जना दाङ आएका थिए।
ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन (अनन्त)ले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।