१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मन्त्री झाँक्रीले लगाइन् राउटे युवतीसँग मित

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।

ओली फेरि पनि संसद विघटन गराउने तर्फ लागेका छन्: झाँक्री

ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताईन्।

जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छु: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन्।

साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैन: मन्त्री झाँक्री

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताईन्।

उपभोक्ता समितिको बदमासी रोक्न नयाँ कार्यविधि

उपभोक्ता समितिबाट गरिने निर्माणमा हुने विकृति र विसंगति रोक्न सहरी विकास मन्त्रालयले नयाँ कार्यविधि बनाउन लागेको हो। कार्यविधि नबन्दासम्मको लागि उपभोक्ता समितिमार्फत गरिने निर्माण रोक लगाउन पनि निर्देशन दिइएको छ।

मन्त्री झाँक्री अस्पताल भर्ना

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

मन्त्रीको लागि भैंसेपाटीमा २७ वटा सुविधा सम्पन्न भवन तयार

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सकेसम्म आगामी चैत महिनामा, कारणवश चैतमा नसके वैशाख महिनासम्म पुल्चोकस्थित मन्त्री क्वार्टरलाई भैंसेपाटीमा सार्ने तयारी भएको बताए। ‘भवन निर्माण भइसकेका छन्। रंगरोगन र फिनिसिङको मात्र काम बाँकी छ,’ सिंहले भने, ‘त्यो काम पनि चैतसम्म पूर्णरूपमा सक्ने योजना छ।’

सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

प्रधानमन्त्री ओलीले अहिलेसम्म १८ पटक मन्त्रीमण्डल फेरबदल गरेर ६७ नयाँ अनुहार मन्त्रीमण्डलमा ल्याएका छन्। २०७८ साल लागेयता मात्रै वैशाख ३१, जेठ २१ र २७ गरी तीनपटक मन्त्रीमण्डल फेरबदल भइसकेको छ।

विकासको बाधक भ्रष्टाचारः मन्त्री साह

सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए। नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे।

एक सातामा दुईपटक सरुवा

सरकारले एक जना सहसचिवलाई एक सातामा दुईपटक सरुवा गरेको छ। अघिल्लो साता सहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठलाई एक हप्तामै दुईवटा कार्यालयमा सरुवा गरिएको हो।

८८ करोडको योजना पूरा नहुँदा सास्ती नै सास्ती

विभिन्न १३ वटा सडक खण्ड निर्माणका लागि ८८ करोड रुपैयाँबराबरको ठेक्का सम्झौताको निर्धारित समयावधि तीन महिना अगाडि सम्पन्न भएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कार्यान्यवन भइरहेका यि योजनाका १३ सडकमध्ये एउटाको काम पनि सकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्