१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अस्ट्रेलियासँग श्रीलंकालाई दबाब

विश्वकप क्रिकेटअन्तर्गत शनिबार श्रीलंकाको सामना गर्दा साबिकको विजेता अस्ट्रेलिया जितको लयलाई निरन्तता दिँदै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

मालिंगा श्रीलंका फर्किए

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगा सासूको निधन भएपछि इङ्ल्यान्डमा जारी विश्वकप बीचमै छोडी स्वदेश फर्किएका छन्। यद्यपि श्रीलंकन क्रिकेट बोर्डले मालिंगा सासूको अन्त्येष्टिपछि अर्को खेलका लागि टोलीमा फर्कने बताएको छ।

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

श्रीलंकामा संकटकाल नलम्बिने

अप्रिल २१ मा श्रीलंकामा गराइएको आत्मघाती आक्रमणहरुपछि लगाइएको संकटकाल थप नलम्बिने भएको छ। दुई सय ५० जनाभन्दा बढीको ज्यान जाने गरी गराइएका आक्रमणपछि जारी गरिएको कडा संकटकालीन कानुनलाई एक महिनाभित्र विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैथ्रिपला सिरिसेनाले सोमबार बताएका छन्। राष्ट्रपति सिरिसेनाले इसाई धर्मावलम्बीको धार्मिक पर्व इस्टरका बेला गराइएका ती बम आक्रमणपछि हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब संकटकालीन कडा कानुनको औचित्य समाप्त भएकाले संकटकाल थप नलिम्बने जिकिर गरेका हुन्।

श्रीलंकामा शंकास्पद बैंक खातामा अवैध रकम

श्रीलंकामा पाँच जना शंकास्पद आतंककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

श्रीलंकामा शुक्रबार दाेहाेराे भिडन्त : बालबालिकासहित १५ आतंककारीकाे मृत्यु

गएराति श्रीलंकाली सेना र संदिग्ध इस्लामिक अतिबादी समूहबीच भएकाे भिडन्तमा १५ जना आतंककारीकाे ज्यान गएकाे छ। जसमा ६ जना बालबालिका पनि रहेका छन्।

श्रीलंकामा पुनः बम विस्फोट

श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनःबम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटबाट मानवीय हताहत नभएको प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

आईएसले लियो श्रीलंका बम हमलाकाे जिम्मा

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेकाे बताइएकाे छ।

‘विस्फोटनमा अन्तर्राष्ट्रिय सञ्जाल संलग्न’

श्रीलंकामा आइतबार गराइएको शृंखलाबद्ध आक्रमणमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता रहेको अधिकारीहरुले बताएका छन्। विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या सोमबार यो समाचार तयार पार्दासम्म दुई सय ९० पुगेको छ।

श्रीलंकामा संकटकालको घोषणा, इस्लामिक समूहप्रति आशंका

श्रीलंकामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ। राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागु हुनेगरी सङ्कटकाल घाेषणा गरिएकाे हाे। श्रीलंकामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो।

श्रीलंका बिस्फाेटमा दुई भारतीय पूर्वसांसदकाे मृत्यु, पाँच नेता बेपत्ता

मारिनेमा भारत जेडिएस (जनता दल सेक्युलर)का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएकाे छ। उक्त विस्फाेटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएकाे छ।

शोकमा श्रीलंका

जातीय वा धार्मिक अतिवादले अल्पसंख्यकको जीवनलाई खतरामा पार्छ। यस अर्थमा पनि बहुसंख्यक र शक्तिशाली समुदाय वा वर्गले अल्पसंख्यकको हितका निम्ति क्रियाशील हुनुपर्छ। त्यसमा मात्र अनाहकका द्वन्द्वबाट मुलुकलाई जोगाउन सक्छ। श्रीलंकामा भएको यो घटनालाई नेपालले पनि आत्मसात् गर्नुपर्छ। सार्क मुलुकको एउटा महत्वपूर्ण देश भएका कारणले मात्र होइन, बौद्ध धर्मका कारणले समेत नेपालसँग निकटता राख्ने श्रीलंकाको यो दुःखमा हामी सँगै छौं। नेपालले समयमै यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै ट्विट गरी आफ्ना समकक्षी रणिल बिक्रमासिंघेलाई बम विस्फोट र निर्दोष सर्वसाधारणको मृत्युले दुःखी भएको सन्देश पठाएका छन्।

श्रीलंकामा शृंखलाबद्ध विस्फोट, हमलामा नेपाली परेका छैनन्ः परराष्ट्र

श्रीलंकामा आइतबार विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी कम्तीमा दुई सय सातजनाको मृत्यु भएको छ। इस्टर पर्वका अवसरमा गिर्जाघरहरुमा आयोजित धार्मिक कार्यक्रममा सहभागी र तीनवटा लक्जरी होटलमा रहेका व्यक्तिलाई लक्षित गरी गराइएका आक्रमणमा परी चार सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्