१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बैतडीमा लडेर एक जनाको मृत्यु

बैतडीमा लडेर एक जनाको ज्यान गएको छ। न्वाली–६ सल्सेनाका ४५ बर्षीय करनसिंह कार्कीको सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, ३ गम्भीर

वीरगन्जमा नाला निर्माणको क्रममा भित्ता भत्किंदा थिचिएर एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आदर्शनगरमा नाला बनाउन खनिएको खाल्डो छेउको एउटा घरको भित्ता भत्किदा रौतहट रमौली ४ का ३६ बर्षे रामपुकार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बालाजुमा स्कुटर दुर्घटना, दुई महिलाको मृत्यु

बालाजु गंगाहलस्थित सडकमा शुक्रबार एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ।

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका

केही दिनपछि परीक्षा हुँदैछ। यतिबेला अध्ययन गर्नु पर्ने समय हो। तर पेउघा–३, चौताराकी चार वर्षीया बालिका लक्ष्मी ओली अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। रक्त क्यान्सर भई उनी हाल काठमाडौंको कान्तिबाल अस्पतालमा छिन्।

अष्ट्रेलियामा सृष्टिसँगै समुन्द्रमा डुबेका सुदीपको पनि मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बुधबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

जुम्लाको भीरबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन—भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

कुपोषणका कारण नाबालकको मृत्यु

कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए।

आत्मघाती आक्रमणपछिको झडपमा ७० जिहादीको मृत्यु

उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ। मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ।

विषाक्त खानाका कारण छ जनाको मृत्यु

भियतनामको उत्तरी क्षेत्रमा पर्ने चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ। अन्य १० जना सिकिस्त विरामी भएका छन्।

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से१ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। करिब पौने १२ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अष्ट्रेलियामा नेपाली विद्यार्थी सृष्टि भण्डारीको मृत्यु

अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनको शव मंगलबार फेला परेको हो।

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा गाँजरी-२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए।

भारतीय सेनाका लागि कश्मीरमा खटिएका नेपालीको मृत्यु

कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए।

रंगशालामा भागदौड हुँदा १७ जनाको मृत्यु

उत्तरी अंगोलाको एक रंगशालामा शुक्रबार भएको भागदौडमा परि १७ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्