अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा
फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।
फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकको भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिताका लागि तत्कालै कानुन सच्याउनुपर्नेमा जोड दिएको छ।
यता खाँण बसेकाे केन्द्रीय कारागारमा भने उनको स्वागतका लागि कार्यकताहरुको भिड लागेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण भने बगलामुखी मन्दिरमा पुगेका छन्।
आजका मितिसम्म दलहरूले महाभियोगको छडी तेस्र्याएर आयोग–अदालत कमजोर बनाउँदाको परिणामस्वरूप अहिले अतिवाद सिंहदरवारकोे गेटमै आइपुगेको तथ्य भुल्न मिल्दैन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका चार जनालाई सम्पत्ति शुद्धिकरण विभाग पठाइएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।
नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी रामुधनी नगरपालिकाका निवर्तमान उपमेयरसहित नौ जनाले बाटो कालोपत्रे गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर गरेको छ।
टेरामक्स खरिद प्रकरणमा आर्थिक अपचलन भएको उजुरीका आधारमा अख्तियारले त्यसमा मुछिएका व्यक्तिहरूसँग बयान लिएपछि संसद्को लेखा समितिले पनि राज्य कोषको चरम दुरूपयोग भएको भन्दै चासो राखेको हो।
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेको लगायत विषयमा आवश्यक छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो,’अख्तियार स्रोतले भन्यो।
रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजस्व अधिकृतविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।
करोडौं खर्च गरेर धमाधम बनीरहेका सभाहलको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले चासो र प्रश्न गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि स्थापित शक्तिशाली निकाय हो। जसले सार्वजनिक पदमा बसेर अख्तियार दुरूपयोग गरेमा अनुसन्धान गर्छ र कारबाहीको प्रक्रिया चलाउँछ।