९ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ।

शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका

१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ ।

बालिकालाई आरोपितको घर पठाउनेलाई कारबाही माग

राष्ट्रिय मानवअधिकार आयोगले रूपन्देहीकी बालिकालाई उल्टै बलात्कार आरोपितको घर पठाउनेलाई कानुनी कारबाहीको माग गरेको छ।

‘सीमाका समस्या सधैंका लागि समाधान गर’

नेपाल–भारत सीमामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये निर्माण, मर्मतसम्भार गर्नुपर्ने समयभित्र आवश्यक बजेट विनियोजन गर्न आयोगले सिफारिसमा भनेको छ ।

‘सञ्चार माध्यमलाई बाधकका रूपमा हेरियो’

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कार्यकारिणीका नजरमा सञ्चार माध्यमलाई बाधकका रूपमा हेरिनु चिन्ताको विषय भएको जनाएका छन् ।

मानवअधिकार आयोगमा सांसद र पूर्वआइजीपीको उजुरी, डा. भट्टराईले फसाउन खोजे

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

‘अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्योे’

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको र यस वर्ष बढी पत्रकार पीडित भएकोमा चिन्ता व्यक्त गरेको छ ।

सरकारले मानवअधिकार आयोगका अधिकारहरु हनन गर्न हुदैन : नेता खाँड

सांसद बालकृष्ण खाँडले मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताएका छन्।

'सबैले आफ्नो कर्तव्य पुरा गर्दा मानव अधिकार रक्षा हुन्छ'

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरुको पूर्व समीक्षा गरेको हो।

बुटवल घोषणा पत्र जारी गर्दै सकियो बारको राष्ट्रिय सम्मेलन

नेपाल बार एशोसियशनको मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६ औं केन्द्रीय कार्यकारिणी बैठक २६ बुँदे ‘बुटवल घोषणा पत्र’ जारी गर्दै सकिएको छ।

नागरिककर्मी राईलाई मानवअधिकार पुरस्कार

छैटौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार खोटाङस्थित नागरिककर्मी दमन राईलाई प्रदान गरिएको छ। हरेक वर्ष विश्व मानवअधिकार दिवस अवसरमा प्रदान गरिने १ नम्बर प्रदेशस्तरीय पुरस्कार यो वर्ष राईलाई प्रदान गरिएको हो।

मानवअधिकार उल्लघंनका घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लघंनका घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

‘सरकारले सहयोग गरेन’

राष्ट्रिय मानवअधिकार आयोगले आफूले गरेका सिफारिस सरकारले कार्यान्वयन नगर्दा देशमा दण्डहीनता यथावत रहेको दोहो-याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्