१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अदालतले फैसला गरेर फरार रहेका २६० पक्राउ

अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो।

दश किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ

सर्लाहीको विष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा नेपालबाट भारततिर मोटरसाइकलमा गइरहेका युवकबाट दश किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सडक दुर्घटना बढेपछि प्रदेश १ को चार जिल्लामा टाइम कार्ड लागु

दुर्घटना बढेसँगै मानवीय र भौतिक क्षति बढेपछि इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड कार्यान्वयनलाई कडाई गरेको छ।

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

भूकम्पमा भत्किएको प्रहरी कार्यालय बल्ल तयार

प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। भूकम्पमा भत्किएको भवन ८ करोड एकलाख २७ हजार रुपैयाँमा पुनःनिर्माण भएको हो।

लागु औषध सहित दुई युवा पक्राउ

प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।

अवैध रकमसहित दुई पक्राउ

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित १६ जना प्रहरी नियन्त्रणमा

चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागुऔषधसहित फेला पारी गाडी चालक थिङसमेत तीन जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।

गुण्डागर्दीमा संलग्न दुई पक्राउ

महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीनः हिमपहिरोमा परेको आशंका

बुधबार बिहान गोठ गएका उनीहरू फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन्।

तेलको ट्याङ्कर त्रिशूलीमा खस्याेः चालक र सहचालक सम्पर्कविहीन

ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो।

गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्

गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गत कात्तिक २९ गते पनि पर्सा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा जग्गामा लगाइएको २ लाख २० हजार गाँजाका बोट फडानी गर्यो।

कैलालीमा प्रहरीद्वारा हवाई फायर

आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्