१५ मंसिर २०८१ शनिबार
image/svg+xml

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

एक सय ९७ तोला चाँदीसहित पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।

महाराजगंजमा अपांग महिला बलात्कृत

कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने व्यक्ति पक्राउ

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन्।

चितवनको नारायणगढमा भीषण आगलागी

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ। तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ।

रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ।

धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ।

बाघले बेपत्ता बनाएको शव भेटियो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।

ताप्लेजुङमा म्यादीमा ५ सय बढी आवेदन

अधिकारीका अनुसार आवेदन दिएकामध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्वम्यादी प्रहरी रहेका छन्। पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आवेदन दिएका थिए।

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

ब्राउन सुगर सहित राई पक्राउ

राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

पाँच वर्षदेखि फरार तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ।

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।

पोखरीमा डुबेर एक महिलाको मृत्यु

मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्युभएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्