राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ: अध्यक्ष दाहाल
मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ।
मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ।
राजनीतिबाहेक अन्य कुरा परिवर्तन नभएकोमा युद्धमा होमिएका उनीहरू यतिबेला निरास भएका हुन्। ‘हिजो सपना ठूलो थियो। साच्चिकै सबै गतिशील थियौं। पार्टी अभिभावक थियो। आज सबै लथालिङ्ग छ।
रुकुम पूर्व रुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।
‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन्।
सर्वाेच्च अदालतको निर्णयबाट तत्कालीन नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र दाहालबीच संवादहीनताको अवस्था थियो । बिहीबार संवादहीनता तोडिए पनि उनीहरूबीचको छलफलका विषयलाई लिएर सचिवालयका सदस्यहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख 'विष्णु रिजाल'ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन।’
दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।
मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारबाट पनि यो प्रष्ट भइसकेको छ। एकातिर, एमसिसी मुख्यालयमा सम्झौताको पक्षमा प्रधानमन्त्री देउवासँग मिलेर पत्र लेख्ने र अर्कोतिर, त्यसका विरुद्धमा कार्यकर्ता उराल्ने उनको व्यवहारले पनि यो मुद्दालाई थप किचलोमा पारेको छ।
माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ।
कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।
देउवा र दाहालले लेखेको पत्रका आधारमा यही फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र नेपालले एमसिसीबारे निर्णय गर्नुपर्ने आग्रहसहितको जवाफ पनि एमसिसी मुख्यालयबाट प्राप्त भइसकेको छ। एमसिसी मुख्यालयले यही माघ २० (फेब्रुअरी ३) मा पठाएको पत्रमा नेताद्वयले माग गरेअनुसार समय दिइएको मात्र छैन, नेपालले निर्णय नगर्ने हो भने यो सम्झौताबाट अलग हुने प्रस्ट सन्देशसमेत छ।
एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो।