१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँः अध्यक्ष दाहाल

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए।

गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ। गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ।

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।

सरकार छाड्ने, समर्थन कायमै

सत्ता गठबन्धनमा एमसिसीमा एकैमत नभएपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन अध्यक्ष केपी ओलीसँग पनि संवाद गरिरहेका छन्।

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, एमसीसी अनुमोदन विषयमा विचार-विमर्श

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरिएको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

रोल्पाको जंगलमा द्वन्द्वकालीन मानव चिहान

स्थानीयका अनुसार २०५९ सालको फाल्गुन–चैतताका उक्त क्षेत्रमा सेनाले गोली चलाएको थियो। सोही दिनदेखि बेपत्ता भएका रोल्पा नगरपालिका–१ हरिगातिनाका ३ जनाको हत्या गरी खाडलमा पुरेको उनीहरूको दाबी छ। एक स्थानीयका अनुसार चिहान भेटिएको स्थानभन्दा अलि पर पनि अर्को एकजनाको चिहान रहेको स्थानीय बताउँछन्।

बर्बादीका तीन दशक

दाहालकै सक्रियताका कारण चीन र अमेरिका नेपालका विषयमा पहिलो पटक आमनेसामने भएका छन्। यो दन्तबझानका निम्ति योगदान गर्ने नेतामध्ये अग्रणी रहेका छन् दाहाल।

नेकपा एसको निर्णयले अप्ठेरोमा माओवादी

सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ।

सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री

प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन्। ‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ।

माओवादीको संसदीय दलको बैठक बुधबार बिहान

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

यस्तो थियो ताप्लेजुङ स्थानीय तह २०७४ सालको निर्वाचन नतिजा

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये ५ प्रमुख अध्यक्ष र ५ उपाध्यक्ष सहित १० पद नेकपा एमालेले जितेको थियो।

जबराविरुद्ध २१ आरोप

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता गएिपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन्। संविधानको धारा १०१ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्