३० श्रावण २०७९ सोमबार

नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्नुस्ः शिक्षामन्त्री

उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए। उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए। मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे।

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालालाई शिक्षामन्त्रीकाे आग्रह

उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए। उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे।

'समस्या आइहाल्ने बित्तिकै विश्वविद्यालयमा तालाबन्दी नगर्नुस्'

‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ।’

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।

शिक्षा नाफा आर्जन गर्ने थलो होइनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।

एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन्।

शिक्षामा तीन क्षेत्रको सुधार एकैपटक: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए।

शिक्षा सुधारका लागि बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्।

दुई हजार ३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठवन्धन कायमै रहने दावी गरेका छन्।

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ।

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्