राष्ट्रपति बुटवल आउँदै, जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण गरिने
ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।
ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीवार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।
आन्तरिक आयको मुख्य श्रोतका रुपमा रहेका ठाउँमा ठेक्का गर्न नसक्दा वीरेन्द्रनगर नगरपालिकाले करोडौँ आम्दानी गुमाउने भएको छ।जनप्रतिनिधि र कर्मचारीकै बदमासीका आसेपासेहरूलाई अमानतमा दिँदा ठेक्काहरू हुन नसकेको हो। जसका कारण वीरेन्द्रनगरको करोडौँको राजश्वमा गुमेको छ।
रौतहटमा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा पर चालकको ज्यान गएको छ।
दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए।
अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।
वीरगन्ज महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको आज सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यविधि तयार भइसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ।
केही दिनयता उदयपुरमा बाख्रामा अज्ञात रोगको प्रकोप (देसान) बढेको छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साढे ७ बजेतिर ठक्कर दिएको जानकारी दिए।
इलाम नगरपालिका १ साखेजुङस्थित गैरीबास खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा विकास गर्न स्थानीय जुटेका छन्।
सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाई १ आधामाराका हायु समुदायका अगुवा युवा गुणबहादुर हायुले बताए।
जिल्लास्तरीय प्रतियोगितासमेत कम भइरहेको अवस्थामा कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ।
‘एयरपोर्टमा मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ!अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु!
थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।
कृषि सञ्जालका संयोजक लोकबहादुर गुरुङले वातावरणमा प्रतिकूल असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) का कारण जेठोबुढो धान पोखरेलीको बास्ना हराउँदै गएकाे बताए।