१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अब भोक मेटाउनै सडकमा बस्नु नपर्ने

अब काठमाडौं महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ। महानगरपालिकाले यही मंसिर २९ गते २५औं महानगर दिवसका अवसरमा महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै भोक मेटाउनकै लागि सडकमा बस्नुपर्ने बाध्यता अन्त्य हुन लागेको हो। यही मंसिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

स्थानीय तहको शान्ति सुरक्षालाई ध्यानमा राखेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना गरिएको छ।

अब भोक मेट्नकै लागि काठमाडौंका सडकमा भिख माग्दै हिड्नु नपर्ने

अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन लागेको हो। यहीं मङ्सिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो।

नेपाली भूमिमा मन्दिर बनाउन रोक

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

पुलिसको साँघुरो जित

जावलाखेलमाथि साँघुरो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सोमबार तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

महानगरले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउन नीति ल्याउँदै

काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउने नीति ल्याउने भएको छ। महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सोमबार आयोजित आगो नियन्त्रण, खोज तथा उद्धारसम्बन्धी सात दिने आधारभूत तालिम समापन कार्यक्रममा अग्नि नियन्त्रकको प्रोत्साहनका लागि नीति ल्याउन लागेको बताए।

फ्रेन्ड्सको फराकिलो जित

ललितपुरे टोली फ्रेन्ड्स क्लब आयोजक चन्द्रागिरि नगरपालिकामाथि ५–० को रबाफिलो जित निकाल्दै चन्द्रागिरि मेयर गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा दुई मोटरसाइकल एकापसमा ठाेक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरी रहेका छन् ।

छुवाछुतमुक्त नगरपालिका घोषण हुने

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ। जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो।

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्