सवारी दुर्घटना हुँदा नुवाकोटमा दुईको मृत्यु
विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।
विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।
खेलकुदको व्यवसायीक विकासका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक नियुक्तीको प्रकृया थालेको छ। फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले दुई प्रशिक्षक नियुक्तीको प्रकृया सुरु गरेको हो।
के तपाइँले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ? अब पेशा छोडिहाल्नुस्। नत्र कारवाहीमा परिएला। महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ।
पालुङटार नगरपालिकाले दुई प्रतिशत ब्याजदरमा नगरवासीलाई व्यापार, व्यवसाय गर्न ऋण दिन थालेको छ। गत वर्ष एक करोड ५० लाख, चालु वर्ष वडा कार्यालय अन्र्तगत ५० लाख र नगरपालिकाले एक करोड गरी तीन करोड रुपैयाँ स्वरोजगार बन्नेहरुलाई बितरण गर्ने नगर प्रमुख दिपकबाबु कंडेलले बताए।
जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीहरुले तोडफोड गरेका छन्।
कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो।
घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन।
जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन्।
पर्यटकीय नगरी सूर्याेदय नगरपालिकामा आयोजना गर्न लागिएको सूर्याेदय पर्यटन महोत्सवमा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ। आएका पर्यटकलाई कुनै होटलले बढी मूल्य लिएर दुःख नदिऊन् भन्ने उद्देश्यले नगरका सबै होटलले मेन्यु राख्नुपर्ने भएको हो।
गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनाँैदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् ।
पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए। उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए।
पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी (१७० बोरा) मैदा सोमबार नष्ट गरिएको छ ।
पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘सूर्योदय पर्यटन महोत्सव’मा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ।
भेरीगंगा नगरपालिका–९ की तुल्सी डाँगीले यो वर्ष १० कट्ठा जमिनमा गरिमा जातको धान खेती गरिन्। स्थानीय एग्रोभेटबाट बीउ ल्याएर खेती गरेकी उनी धान नफल्दा उनी चिन्तामा छिन्। ‘अघिल्लो वर्ष पनि गरिमा जातकै धान रोपेकी थिएँ, राम्रै फल्यो,’ उनले भनिन्, ‘यो वर्ष बालामात्रै लाग्यो, गेडा लागेन।’ राम्रो उब्जनी हुने आसमा लगाएको धानले उब्जाउ नदिएपछि उनी क्षतिपूर्ति माग्दै स्थानीय तहमा धाइरहेकी छन्।