१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई कांग्रेसद्वारा सम्मान

१३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

निजी क्षेत्रको भावना बुझ्ने कांग्रेसमात्र

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त पार्टीले मुलुकको आर्थिक विकास, रोजगारी र उद्यम/व्यवसाय मैत्री वातावरण निर्माणमा महत्वपूर्ण काम गरेको दाबी गरेका छन्।

कांग्रेसमा आरोप–प्रत्यारोप, गुटगत स्वार्थले महाधिवेशन प्रभावित हुने संकेत

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितको असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवालाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै विभिन्न बहानामा महाधिवेशन प्रभावित पार्ने काम गरिए सह्य नहुने चेतावनी दिएको छ।

आलोचना गर्नेलाई तर्साउन मलाई कारबाही गरियो : गोविन्दराज जोशी

नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गरेका छन्।

कांग्रेसमा पनि किचलो

महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब विभाग गठनको औचित्य नरहेको निष्कर्ष असन्तुष्ट पक्षले निकालेको छ।

‘पार्टीको कुनै पनि पद दाइजो जसरी बाँड्ने अधिकार सभापतिलाई छैन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। पार्टी कार्यालयम भेला भएका पौडेल समूहका नेताहरूले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरूको आग्रह गरेका छ ।

सभापतिका कारण पार्टीको स्वास्थ्य ठिक भएन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छ। तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताए।

'कम्युनिस्टबाट शासन व्यवस्थामै खतरा'

राप्रपा परित्याग गरेर कांग्रेसको सदस्यता लिएका थापाले मुलुकमा लोकतान्त्रिक शक्ति र लोकतान्त्रिक संस्थालाई बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए।

थापासहितका ४२ नेता मंगलबार कांग्रेस प्रवेश गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापा मंगलबार नेपाल कांग्रेस प्रवेस गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो ३ बजे कांग्रेस प्रवेश गर्ने भएका हुन् । थापाले कांग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराएका छन् । त्यसमध्य २१ जना मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने जानकारी दिंदै एक नेताले भने,‘बाँकी २१ जना नेता तथा कार्यकर्ता सम्बन्धीत जिल्लाबाट कांग्रेस प्रवेश गर्ने छन्।’

अझै सकिएन संगठन समायोजनको काम

नेपाली कांग्रेसभित्रको गुटगत विवादले अझै दस जिल्लामा संगठन समायोजनको काम बाँकी रहेको छ। १४ औं महाधिवेशनको अन्तिम मिति कायमै राख्दै सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै साउन १० गतेभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई निर्देशन दिएको थियो। तर, आइतबार साँझसम्म प्रदेश २ का ६ सहित दस जिल्लाको समायोजन टुंगो लगाउन बाँकी रहेको हो।

सुनिल थापासहितका नेताहरू कांग्रेस प्रवेश गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहितका केही नेताहरू नेपाली कांग्रेस प्रवेस गर्ने भएका छन् । राप्रपाको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका रहेका थापासहितका नेताहरूले शनिबार पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको तयारी गरेका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगको निरन्तर छलफलमा रहेका थापालाई कांग्रेसले पदाधिकारीसहित पार्टी प्रवेस गराउने तयारी गरेको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशी कांग्रेसबाट निस्काशित

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी सहित तीन जना पार्टीबाट निस्काशित भएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो।

‘सरकार अनुत्तरदायी’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउन खोल्दा सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ। सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा गठित कोभिड–१९ अनुगमन समितिले कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि लागु लकडाउन खोल्दा आमनागरिकले राहत महसुस गरे पनि संक्रमणको विस्तार हुनसक्ने थप जोखिमलाई सरकारले ध्यान दिन नसकेको जनाएको हो।

नेतृत्वका लागि मोर्चा कस्दै कांग्रेस नेता

अहिलेको परिस्थितिमा सर्वसम्मतले नेतृत्व चयन होस् भन्ने चाहना छ। त्यस्तो नभए शेरबहादुर देउवासँग छलफल गरेर निर्णयमा पुग्छु। –उपसभापति विमलेन्द्र निधि

कम्युनिस्ट नेतृत्व सरकार संविधान र प्रणाली नै समाप्त पार्न लागि परे : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संविधानसभाबाट जारी नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागि रहेको बताएका छन् । नयाँ संविधान, राजनीतिक तथा शासन प्रणाली र लोकतान्त्रिक गणतन्त्रसहित परिवर्ततनको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्