१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो आन्दोलन घोषणा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।

भारतीय पूर्व मन्त्री बुटा सिंहको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतका पूर्व मन्त्री बुटा सिंहको ८६ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्क रक्तस्रावका कारण गत वर्षको अक्टुबरदेखि एम्स अस्पतालमा कोमामा रहेका पूर्व मन्त्री सिंहको शनिबार बिहान निधन भएको हो।

सम्राटको नयाँ लुगा सम्झाउने प्रधानमन्त्रीको कदम

राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्।

यसकारण पुनर्स्थापनामा बोल्दैन कांग्रेस

कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहोर्‍यायो।

प्रदेश १ : 'सरकार बनाउन कांग्रेसले कसैलाई वचन दिएको छैन'

प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली कांग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ।

ओली देशको कार्यकारी प्रमुख हुनु नै दुर्भाग्य : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्र विरोधी केपी शर्मा ओली देशको कार्यकारी प्रमुख हुनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

कांग्रेसलाई डा. भट्टराईको प्रश्न : राजासँग ‘मेलमिलाप’को ‘असफल’ कार्यनीति नै पछ्याइरहने?

नेपाली कांग्रेसले पुस १६ गते (आज) देशभर ४५औं मेलमिलाप दिवस मनाइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई ‘मेलमिलाप’को ‘असफल’ कार्यनीति नै पछ्याइरहने कि विकल्प सोच्ने भनेर प्रश्न गरेका छन्।

निर्वाचन कि आन्दोलन, ढुलमुलमा कांग्रेस

सरकारले ‘असंवैधानिक तवरबाट’ पुस ५ गते संसद विघटन गरेको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ। देशभर दिनहुँ प्रदर्शनहरु भइरहेका छन्। एकाध बाहेक देशका सम्पूर्ण राजनीतिक दलहरु संसद विघटनविरूद्ध एक ठाउँमा उभिएका छन्।

कांग्रेसभित्रै छैन सद्भाव

‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’

सरकार काम चलाउ भइसक्यो : कांग्रेस नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन। नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताए।

कांग्रेसले संसद पुनःस्थापना भन्दा निर्वाचनमा जोड दिनुपर्छ : नेता महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि अब निर्वाचनको तयारी गर्नुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता महतले निर्वाचनका लागि दबाब दिनुपर्ने बताएका हुन्।

दोलखामा मसाल जुलुससहित कांग्रेसको प्रदर्शन

नेपाली कांगे्रसले दोलखाको सदरमुकाम चरिकोटमा मसाल जुलुससहितको प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गरिरहेको कांग्रेसले दोलखामा मसाल जुलुुससहित प्रदर्शन गरेको हो।

संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

नेपाल अफगानिस्तान बन्ने खतराः पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले सोमबार यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्