कांग्रेसमा जुटेन सहमति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ ।
केहि दिन अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका सभापति देउबाले आँफै यो अभ्यासको थालनी गरिसकेका छन् । कांग्रेसको यो प्रयास पश्चात अल्पमतमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको मुख्यमन्त्री पद पनि जोखिम उन्मुख बन्दै गएको छ ।
जिल्लास्तरीय विरोध सभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडा तहसम्म आन्दोलन मार्फत पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाईन संसद पुनर्स्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निर्णय’ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन।
प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीबार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए।
‘बिगतमा हेर्नुस् ओलीले संविधानले गरेका व्यवस्थाहरु संघीयता, गणतन्त्र, समावेशिता जस्ता कुनै पनि बिषयलाई स्वीकार गर्न सकेनन्, उनि यि बिषयको खिलापमा रहेर बोले,’ नागरिकसंग उनले भने ‘यसले पनि के पुष्टि गर्छ भने ओलीले यो संविधान चाहेका थिएनन्, फलतः अहिले च्यात्न चाहन्छन् ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरतामा नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर अघि बढ्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसलाई सत्तामा जान अहिले कुनै हतार नभएको बताएका छन्।
संसद विघटन विरुद्ध कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग भएको विषयमा ‘अप्रत्यक्ष समर्थन’ युक्त अभिव्यक्ति दिँदा कांग्रेसभित्रको पुरानो संस्थापन पक्ष चिढियो। वर्तमान सरकारले गरेको असंवैधानिक कदमको साक्षी बनेको भन्दै रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेर देउवाको कडा आलोचना गर्यो।