९ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

राष्ट्रिय अनुसन्धान विभागमा असई बनाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग पैसा असुली गरेको अभियोगमा मोरङ, बेलबारी-४ स्थायी घर भई हाल कीर्तिपुर बस्ने प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

किर्ते गरी बस्ती नै आफ्नो नममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ जना भूमाफियालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लक्ष्मिनियाँ गाविस–२ विजयपुरमा रहेको ८७ घरधुरी क्षेत्रफलसहितको ४ बिघा जग्गा आफ्नो नाममा गराएको आरोपमा फतुवाहर्षाहा–४ का पूर्व गाविस अध्यक्ष सुरेन्द्र यादव र नवलकिशोर राय यादवललाई प्रहरीले पक्राउ गरेको जिप्रका रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।

काठमाडौंका उपन्यायाधिवक्ता घुस लिँदालिँदै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा आइतबार नियन्त्रणमा लिएको हो।

इन्टरपोल सहयोगमा साउदी अरबमा पक्राउ परे नेपाली सेनाका पूर्व जवान

अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरेको छ।

जहाज ल्यान्ड गर्ने बेलामा मोबाइल चलाएको कसुरमा ३ पक्राउ

जहाज उडान र अवतरण गर्ने समयमा एयरहोस्टेसले सधैँ घोषणा गर्छन्— कृपया आफ्नो मोबाइल फोन तथा इलेक्ट्रोनिक्स डिभाइस अफ गर्नुहोला। उडान र अवतरण गर्दा त्यस्ता डिभाइसले अप्ठ्यारो पार्ने भनाइ पाइलटहरुको रहँदै आएको छ।

फरार अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योगमा अदालतबाट सजाँय तोकिए पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङ वयरवन गाविस ७ बस्ने जयराज संयोग लिम्बुलाई पक्राउ गरेको हो। उनलाई सर्वोच्च अदालतले ५ बर्ष कैद फैसला गरेको थियो।

ढुंगेललाई पक्राउ गर्न ताकेता

सर्वोच्च अदालतअर्न्तगत रहेेको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न  प्रहरीलाई ताकेता गरेको छ।

चिनी मिललाई कर्जा लिएर घर जग्गा कारोबार गर्ने पक्राउ

धितोको अत्याधिक मूल्याङकन गराएर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीबाट रकम ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोली प्रहार गरी रकम लुट्ने पक्राउ

गोली प्रहार गरेर रु दुई लाख रकम लुटेको अभियोगमा पक्राउमा परेका एक जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ।

दुर्इ हजार घुससहित इन्जिनियर पक्राउ

भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्।

पक्राउ एसएसपीलाई ४ दिन थुन्न अादेश, अध्यागमन कर्मचारी र गुप्तचर पनि तानिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।

काठमाडौंबाट ३७ बंगलादेशी पक्राउ

काठमाडौंका विभिन्न स्थानमा परिचय बदलेर बसिरहेका ३७ बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीले ठमेल, नयाँ बजार र ढल्कु क्षेत्रमा संचालित कपडा सिलाउने उद्योगमा छापामारी अवैधरुपमा नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको हो।

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै, एसएसपी श्याम खत्री पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिए पछि उनलाई ब्युरोले अन्सन्धानको लागि पक्राउ गरेको हो।

७ हजार घुस सहित फरेष्टर पक्राउ

सेक्टर वन कार्यालय मैनापोखरका फरेष्टर शिवकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकम सहित नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्