विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु
लिबियाको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।
लिबियाको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।
बन्द रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्यन प्राधिरण र विमान कम्पनीले प्रतिवद्धता जनाएका छन् ।
टक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकोमा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को दस महिनामा ५० लाखभन्दा बढी यात्रु आवागमन भएको छ । यो संख्या अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ को हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत जनवरीदेखि अक्टोबर महिनाभित्र ५१ लाख ४ हजार ४ सय ६६ यात्रु आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३१ लाख ११ हजार ५ सय ६३ र आन्तरिक यात्रु आवागमन १९ लाख ९२ हजार ९ सय ३ हो।
कतारबाट अाएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।
ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण बल्ल सुरु भएको छ । विमानस्थल निर्माणका लागि प्रस्तावित जग्गा आइतबारदेखि सम्याउन थालिएको हो ।
विदेश भ्रमणमा निस्किँदा सधंै विशिष्ट अतिथि (भिआइपी) ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जिएम) देवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।
पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।
नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।
आन्तरिक यात्रुसँगै विदेशी पर्यटकको चाप बढेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापन अस्तव्यस्त भएको छ । यसको प्रत्यक्ष असर आन्तरिक यात्रुमाथि परेको छ।
केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ। विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।
आधा वर्षभन्दा बढी समय अवरुद्ध भएर केही दिनदेखि निर्माण कार्यमा तीव्रता पाइरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे व्यवस्थापिका संसद्का विभिन्न समितिहरूले चासो बढाएका छन् ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ । चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेका छन् ।
अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो ।