१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन्।

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ।

विमानस्थलको धावन मार्ग विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री फर्किंदा विमानस्थलमा यात्रुको विचल्ली

प्रधानमन्त्री केपी ओली एक साता लामो चीन भ्रमण सकेर आइतबार काठमाडौं अवतरण गर्दा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आधादेखि पौने घन्टासम्म सम्पूर्ण उडान–अवतरण अवरुद्ध हुन पुग्यो।

चरिकोटमा विमानस्थल बनाउन पहल

जिल्लाको प्रमुख पर्यटकीय नगर चरिकोटमा विमानस्थल बनाउनका लागि भीमेश्वर नगरपालिका कार्यालयले गृहकार्य थालेको छ।

धरानमा विमानस्थल बन्ने अनिश्चित

नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ।

कुवेत जान लागेका ५ महिला विमानस्थलबाट फर्काइए

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ।

पैसा आएपछि गौतमबुद्ध विमानस्थलकाे आन्दोलन स्थगित

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ। तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ।

गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले गती लिंदै

भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामले गती लिएको छ। यस अघि विभिन्न बहानाम ढिलाई भएको विमानस्थलको निर्माण हालसम्म ४५ प्रतिशत बढी सकिएको आयोजनाले जनाएको छ।

हुदह विमानस्थल सरकारी फौजको नियन्त्रणमा

साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन रहेको यमनी फौजले बन्दरगाह सहर हुदहको मुख्य विमानस्थल हुथी विद्रोहीबाट आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ।

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

विमानस्थलकाे काममा ढिलाइ

सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क विमानस्थल कालोपेत्रको काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । म्याद गुज्रिनै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थलको कटिङ, फिलिङ, ग्याबिन, मेसिनरी, सब–बेस लगायत काम मात्र सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए।

थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क बिमानस्थल कालोपेत्रका काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्