१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लुक्लामा हेलिकप्टर ठाेक्किए

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।

पोखरा विमानस्थलको निर्माण तोकिएको समयअगावै हुन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन्।

विमानस्थलको कामले गति लिँदै

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे चैत्रभित्र निर्माण सम्पन्न हुने गरी कार्यअघि बढिरहेको छ । रनवेको सबबेस र बेसको काम सम्पन्न भई कालोपत्रे र लाइटिङको काम बाँकी रहेको र दसैंलगत्तै दुवै काम समानान्तर रूपमा अगाडी बढ्ने आयोजनाले जनाएको छ।

‘हामी कहिलेसम्म इण्डियन एयर स्पेशमा निर्भर रहने? निजगढ विमानस्थल रोकिनु हुन्न्’

‘हामी अब इण्डियन एयर स्पेशमा मात्रै कहिलेसम्म निर्भर रहने? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले याे बन्याे भने हवाई अवतरणमा सुरक्षित रहनेछ। साथै फाष्ट ट्रयाक र निजगढ विमानस्थलले देशको मुहार फेर्ने छ।’

नेपालगन्ज धावनमार्गमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकियो

नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ। आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो।

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलवार देखि नियमित उडान हुने भएको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलवारदेखि पुन: सञ्चालन हुने भएको हो।

पोखरा विमानस्थलमा चाँपाचाँप

पर्यटकीय सिजन सुरु भएसँगै यात्रु चाँप बढ्दै जाँदा यहाँको विमानस्थल बिहानैदेखि बेलुकीसम्म व्यस्त हुन थालेको छ। यतिबेला पोखरा विमानस्थल बिहान ६ देखि बेलुकी झन्डै ६ बजेसम्म (करिब १२ घन्टा) सञ्चालनमा छ।

त्रिभुवन विमानस्थलको बक्यौता १६९ करोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ६९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व (पेप्सीकोला)तिर हेलिकप्टर पार्किङ क्षेत्र छ। १० वटा हेलिकप्टर कम्पनीका ३५ भन्दा बढी हेलिकप्टरको पार्किङ तथा उडान त्यहीँबाट हुन्छ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले वातावरणमा कुनै असर गर्दैन : वन प्राविधिक संघ

वन प्राविधिक संघ बाराले शुक्रवार कलैयामा पत्रकार सम्मेलन गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले वातावरणमा कुनै असर नपार्ने बताएकाे छ।

‘ओलीको बोली उल्टो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन्।

विरूवा राेप्दै मुख्यमन्त्रीले भने : निजगढ विमानस्थलको डिपिआर नबनेसम्म रुख काट्न दिन्नौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारामा प्रस्तावित दोस्रो विमानस्थलको ‘डीपीआर’ (डिटेल प्रोजेक्ट रिपोर्ट) अर्थात बिस्तृत योजना प्रतिवेदन बनाएर मात्र रुखहरु कटान गर्नुपर्ने बताएका छन्। प्रदेश सरकारको योजना अनुसार ‘हरित प्रदेश अभियान’ शुभारम्भ गर्दै शुक्रबार बिहान पर्साको पर्सागढी नगरपालिकास्थित सबैया बनमा बृक्षारोपणको क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

नेपाल एयरलाइन्सको नयाँ जहाज सिमकोटमा, परीक्षण उडान सफल

चीनबाट ४ बर्ष अगाडि ल्याइएको नेपाल वायु सेवा निगमकाे वाइ१२ई जहाजले बुधवार सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ। बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो।

अन्तर्राष्ट्रिय उडानका लागि तयार भयाे विराटनगर विमानस्थल

अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर विमानस्थलको पूर्वाधार तयार भइसकेको नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ।

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्