पोखरा विमानस्थलमा ३ बजेपछि उडान बन्द
पोखरा विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ। मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
पोखरा विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ। मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
सल्यानमा विमानस्थल निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा विमानस्थल निर्माण हुन लागेको हो । विमानस्थलको सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अनुमानित ८१ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण हुने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।
गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ।
जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ। विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गरिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको टोलीले सोमबार हेलिकोप्टरमार्फत निर्माणाधीन निजगढ विमानस्थलको ‘एरियल सर्भे’ गरेको छ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे।
जुम्ला विमानस्थल सुरक्षा समितिको सिफारीसमा नेपाल नागरिक उड्ययन प्राधिकरण केन्द्रिय कार्यालयले गरेको अपरिपक्व निर्णयका कारण जुम्लाका हवाई यात्रुले सास्ती भोग्नु परेको छ।
पश्चिम नेपालको सबैभन्दा बढी चाप हुने नेपालगन्ज विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनाभित्र तयार हुने बताएका छन् । मंगलबार धावनमार्ग कालोपत्रे थालनी गर्दै मन्त्री अधिकारीले ठेकेदारले चार महिनामा सक्ने भने पनि अलिकति समय राखेर ६ महिना भनिएको बताए।
सल्यानमा विमानस्थल निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा विमानस्थल निर्माण हुन लागेको हो।
नियमित उडान नहुँदा प्राय सुनसान रहने मन्थली विमानस्थलमा यतिबेला आन्तरिक र वाह्य पर्यटकको चहलपहल बढेको छ।
जुम्ला विमानस्थल एक महिनाको लागि बन्द गरिने भएको छ। स्तरोन्नती गर्न भन्दै कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिने जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए।