बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रूतमार्गको पुल निर्माण प्रभावित
धनगढी–खुटिया–दिपायल द्रूतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ।
धनगढी–खुटिया–दिपायल द्रूतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ।
धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ।
नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन।
सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ।
सिलगढी नगरपालिका–३, बाँफीसैनमा कृषक समूह गठन गरेर सामूहिक तरकारी खेती गर्न थालेपछि दुई वर्षदेखि नजिकैको बजार कालागाडबाट तरकारी आउन रोकिएको छ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।
खुला आकाशले कोशौ टाढा देखिने डाँडा अहिले धुवाँले ढाकिएका छन् । नजिकैका डाँडा प्रष्ट देखिँदैनन् । कारण हो डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले यस्तो देखिएको हो ।
‘नो पार्किङ’ लेखिएकै ठाउँमा सवारी साधन रोकिँदा ट्राफिक प्रहरी, प्रहरी र नगर प्रहरी कसैले पनि चासो नदेखाएको बताउँदै उनले भने,‘जब दुर्घटना हुन्छ, त्यसपछि मात्रै उनीहरु तात्छन्, फेरि सेलाउँछन्।’ एक÷दुई पटक जरिवाना काट्ने गरिए पनि त्यसपछि भने फेरि ‘नो पार्किङ’ मै गाडी पार्किङ गरिने गरिएको उनी बताउँछन्।
सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।
थोत्रा टिनले बेरिएका स–साना झुप्रा। त्यही झुप्राबाट बर्सौंदेखि चल्दै आएको दिपायल (पिपल्ला) बजारले गति लिँदै बदलिन थालेको छ। पछिल्ला दिनमा पर्यापर्यटन र बजारीकरण विस्तारले दिपायलका टिनका टहरा बदलिएर गगनचुम्बी महलमा परिणत हुन थालेका हुन्।
कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ।
दुई महिना, तिन महिना वा छ महिना! धेरैमा एक वर्ष। तर दिपायलको एक सडकमा दुई वर्ष भन्दा बढी समय घर्कदा पनि काम सुुरु नै भएको छैन।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।
बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ। मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ।