एमाले संसदका हत्यारा : नेतृ झाँक्री
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठक सकिएको जानकारी दिएसँगै बाहिरिएकी उनले सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै एमालेप्रति आक्रोस पोखिन्।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठक सकिएको जानकारी दिएसँगै बाहिरिएकी उनले सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै एमालेप्रति आक्रोस पोखिन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृरामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन्।
एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।
समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।
सामाजिक सञ्जालमा उनले यसरी लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो।
सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति विभिन्न राजनीतिक दलका नेताहरूले आक्रोश व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ।
अदालतबाट दोषी प्रमाणित भए नेतृ झाँक्रीले ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय भोग्नुपर्नेछ।
नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी दिँदै प्रहरीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो।
नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी दिएको छ। झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई पक्राउ पूर्जी दिइएको हो।
नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन भनेकी छन्। राष्ट्रपति विद्या भण्डारीबारे दिएको अभिव्यक्तिको विषयमा उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। त्यस लगत्तै उनको निवासमा अगाडि प्रहरी परिचालन गरिएको थियो।
नेकपा दाहाल-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले प्रदर्शन गरेका छन्।