११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बारामा तीन जनाको मृत्यु भएको छ। लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

प्रदेश २ मा दुर्घटनाको डरलाग्दो ग्राफ

माघ २७ गते बिहान ५ बजेको थियो। चोहर्वा–सिरहा सडक खण्ड सुनसान थियो। नरहा गाउँपालिकाको प्रशासनिक भवन नजिकै ठूलो डरलाग्दो आवाजले छेउछाउ बस्तीका स्थानीयलाई अत्यायो।

सवारी दुर्घटनामा एकको मृत्यु

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।

टिपरको ठक्करबाट कैलालीमा एक युवकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

पेरुमा ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ चाम्बासमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ११ घाइते

पूर्वी नवलपरासीमा गएराति भएको ट्याक्टर दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-२ थरथरेमा गएराती लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

फिदिम नगरपालिका–४ थापाटारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि चालकफिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर रोहन अर्यालले जानकारी दिए।

दुर्घटनामा आठको मृत्यु

सुनसरी र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीमा आइतबार बिहान हायस र बस आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन्।

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित गोडैता नगरपालिका–७, मोहन चोकमा नम्वर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

देकोचामा दुर्घटना हुँदा एकको मृत्यु

ख्वप कलेज देकोचा भक्तपुर नजिक सामान बोक्ने गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ। चाँंगुनारायणबाट देकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नम्बरको सामान बोक्ने सानो हात्ती गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका–६ का १७ वर्षीय उज्वल कासुलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा २ को मृत्यु, ५ घाइते

रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।

ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्