१२ आश्विन २०८१ शनिबार
image/svg+xml

माइतीघरमा कारसँग मोटसाइकल ठोक्कियाे, एकको मृत्यु

माइतीघरमा कारसँग मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ। शुक्रबार राती थापाथलिबाट माइतीघर आइरहेको बा १७ च ४३८४ कारसँग पछाडिबाट आइरहेको बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किदा बानेश्वर बस्ने २३ वर्षका आयुष राज पाण्डे र मोटरसाइकलको पछाडि बस्ने सन्तोष भण्डारी गम्भीर घाइते भएका थिए।

डुंगा दुर्घटनामा मर्नेको संख्या १५ पुग्यो

हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जना वेपत्ता

मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ।

मोटरसाइकलको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा मंगलवार राति २ बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ। बाह्रकिलोबाट नयाँसाँघु तर्फ जाँदै गरेको ना ६ त ९६२६ नम्बरको ट्याक्टर अनियन्त्रीत भई घरमा ठोक्किँदा चालक गोरखा नगरपालिका १२ का २६ वर्षिय वकिलबहादुर कुमालको ज्यान गएको हो।

पोर्चुगलमा सडक दुर्घटनामा परी नेपालीकाे मृत्यु

युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

टाटासुमो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ।

टाटासुमो दुर्घटनामा दुईको मृत्यु, ४ घाइते, ३ बेपत्ता

रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा पत्रकार शर्माको मृत्यु

ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ।

रेलले किचेर एकै परिवारका दुईको मृत्यु

मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ। शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो।

ग्यास बोकेकाे ट्रक पल्टियाे, चालक घाइते

सुनसरीको इटहरी हुदै धरान जाने चारकोशे झाडीमा ग्यास बोकेको ट्रक दुर्घट्ना भएको छ।इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्