११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कालिन्चोक दुर्घटना: ३२ जना नै भक्तपुर आदर्शका

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडे नजिक भएको दुर्घटनाका अधिकांश भक्तपुरका रहेका छन्। अधिकांश उनीहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टप आसपास अस्थायी डेरा गरी बसेकाहरु रहेका छन्।

सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।

कालिन्चोक दुर्घटना: दुई जना आदर्श आजादका विद्यार्थी

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडेनजिक भएको दुर्घटनामा भक्तपुरको एउटा स्कुलका दुई जना विद्यार्थी परेका छन्। भक्तपुरको आदर्श आजाद माविका दुई जना आफ्ना विद्यार्थी परेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए।

'चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्'

बसका चालक अलि माथिबाटै स्टेरिङ (ब्रेक) सारो भयो भन्दै थिए। तलतिर अघि बढिरहँदा बसबाट गन्ध आउन थालेको थियो। ब्रेक गन्हाए जस्तो छ त भने ड्राइभरलाई सोध्यौँ। चालकले बल लगाएर स्टेरिङ चलाइरहेका थिए। घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्,

मृत्यु हुनेको संख्या १४ पुग्यो, घुम्तीमा होस नपुर्‍याउँदा दुर्घटना(अपडेट)

मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्। मृतकको पहिचान खुल्न सकेको छैन। मृतकका आफन्त सम्पर्कमा आउन थालेका छन्।

सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोकको ६ मोडमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटनामा दुई गम्भिर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कचनापुर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन्।

बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो।

सेना चढेको बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।

घ्याम्पेडाँडामा बस दुर्घटना, २२ विद्यार्थी घाइते

भक्तपुरको घ्याम्पेडाँडामा शुक्रबार भएको कलेज बस दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौस्थित मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजका लागि आएको बस सडकमा पल्टिदा विद्यार्थी घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटना कम गर्न चौपायामा ट्याग लगाउँदै

भदौ १८ गते वीरेन्द्रनगरको एरिचोकमा मोटरसाइकल चौपायासँग ठक्कर खाँदा पञ्चपुरी नगरपालिका–६ बावियाचौरका चुडामणि कँडेल गम्भीर घाइते भए।

(अ)सुरक्षित सडक

नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। यस हिसाबले बर्सेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ। यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ।

कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका व्यवस्थापकको मृत्यु

कपिलवस्तु बाणगंगा नगरपालिका वडा. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबल आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा २६ बर्षे सुरेश पाण्डेयको मृत्यु भएको हो।

कोहलपुरमा प्रर्दशन जारी, यातायात र शिक्षण संस्था ठप्प

स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ठक्कर दिएको थियो। आक्रोशित भएका विद्यार्थी, आफन्त तथा स्थानीयले ट्रकमा आगजनी गरिदिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्