११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनै दुर्घटना

विकासको पूर्वाधार सडक हो, यो बन्नुपर्छ। तर नेपालमा सडक निर्माण ठेकेदार र राजनीतिक दलका नेतालाई कमाउने भाँडो बनेको छ।

चार मृतक एकै गाउँका, नेपाल घुम्न आएका ३ भारतीयसहित ४ घाइते

वर्षौंअघि छाडेको गाउँको माया उदयपुरगढी गाउँपालिका ३ बर्रेका ६१ वर्षीय टीकनारायण श्रेष्ठलाई लाग्नु स्वभाविक थियो। उसो त बसाई सरे पनि जग्गा जमिन, पुरानो भए पनि घर गोठ र खायलपायल गाउँमै थियो। मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा श्रेष्ठसँगै बर्रेकै ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठ पनि बसाई सरी गएका थिए।

तीन घटनास्थलमा र एक उपचारको क्रममा मृत्यु, मृतक एकै गाउँका

उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार विहान भएको जीप दुर्घटनामा परी ४ यात्रुको मृत्यु भएको छ।

उदयपुरको जरुवामा बोलेरो दुर्घटना, ३ यात्रुको मृत्यु

उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ यात्रुको मृत्यु भएको छ। जरुवाको भित्री सडक भएर कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जिप दुर्घटनामा पर्दा त्यसमा सवार ५ मध्ये ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँच महिनामा ३३ को मृत्यु

दुर्घटनाका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन्। चालू आवको साउनमा सात, भदौमा चार, असोजमा पाँच, कात्तिकमा छ र मङ्सिरमा सबैभन्दा बढी ११ जना दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

तीव्रगतिका कारण नरपानी दुर्घटनाः छानबिन समिति

तीब्रगतिका कारण अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

असावधानीको अपसोस

हुन त घाइते यात्रुले दुर्घटनास्थल घुमाउरो भएको र चालकले बडो गाह्रोसँग स्टेयरिङ घुमाइरहेको आफूले देखेको बताएका छन्। एकथरी घाइतेले बसबाट पहिलेदेखि केही गन्ध आइरहेको उल्लेख गरेका छन्। सवारी साधन तीव्र गतिमा थिएन भने स्टेयरिङ काट्न गाह्रो हुँदैमा बस नपल्टिनुपर्ने हो।

याङ्लाकोट शोकमग्न

तीर्थाटनबाट फर्कंदै गरेको यात्रुबस दुर्घटनामा मृत्यु हुने १५ जनामध्ये १३ जनाको शव आफन्तले बुझेका छन्। मृतकका आफन्तले आइतबार राति र सोमबार गरी अन्तिम संस्कारका लागि शव बुझेका हुन्।

दुर्घटनाको मुख्य कारण असावधानी

ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए। आइतबारको दुर्घटनाअघि बसबाट गन्ध आइरहेको थियो भने स्टेरिङ राम्ररी घुमिरहेको थिएन।

बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै

६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।

१३ शव आफन्तले बुझे, याङ्लाकोट गाउँ शोकमा

तीर्थाटनबाट फर्कँदै गरेको यात्रुबस दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये १३ शब आफन्तले बुझेका छन्। मृतकका आफन्तले आइतबार राति र सोमबार गरी अन्तिम संस्कारका लागि शव बुझेका बुझेका हुन्। दुई शव भने आफन्तले बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएपछि आफन्तले शव बुझेका हुन्।

दिनभर रसिला बने सहकर्मीका आँखा

चिनेजानेका साथीभाइ दुर्घटनामा परेको खबर सुनेपछि दिनभरि काम गर्न नसकेको प्रशना लामाले बताइन्। ‘सँगै एउटै कारखानामा गलैंचा बुन्ने काम गर्ने एकै परिवारका चारजनासहित सबै चिनेजानेका दुर्घटनामा परेर मृत्यु र घाइते भएको थाहा पाएपछि कसरी मन थामेर काम गर्न सक्नु र ?’ उनले भनिन्,

सडक दुर्घटनामा साउनयता १०३० जनाको मृत्यु

एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषत सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ।

मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत

तिर्थाटनबाट फर्कँदै गरेको यात्रुबस लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १४ शवको पहिचान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्