९ मंसिर २०८१ आइतबार
image/svg+xml

महाअभियोग प्रस्ताव गल्ती सच्चाउने मौका: सचिव आचार्य

नेकपा एमालेका सचिव एवं प्रदेस नं. १ का इन्चार्ज भीम आचार्यले महाभियोग प्रस्ताव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा गरेको गल्ती सच्याउने मौका आएको बताएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुको सहमति गरिएको नियुक्ति पछि लोकमानसिहले राज्य प्रणाली ध्वस्त बनाउने, राजनीतिक दललाई कमजोर पार्ने र अख्तियारको दुरुपयोग गरेकाले महाअभियोग लगाउनु परेको सचिव आचार्यले बताए ।

महाअभियोग सिफारिस समितिको प्रतिवेदनका आधारमा निर्णय हुन्छ : नेता सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रुमख आयुक्त लोकमान सिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा काग्रेस मौन बस्ने बताएका छन्। उनले महाअभियोग सिफारिस समितिको प्रतिवेदनका आधारमा समर्थन गर्ने वा असमर्थन गर्ने भन्ने बारेमा टुंगोमा पुग्ने बताए। कर्णालीमा कार्यकर्ता भेटघाट गर्दै जुम्ला पुगेका सिंहले महाअभियोग प्रस्ताव दर्ता प्रक्रिया निकै आपत्तिजनक रहेको बताए बताए।

संसदमा महाअभियोगमाथिको छलफल १६ दिनलाई स्थगित

पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ।

महाअभियोगबारे कांग्रेस भोटिङमा मात्र खुल्ने

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावका विषमया नेपाली कांग्रेस भोटिङमा मात्र खुल्ने भएको छ। कांग्रेस केन्द्रीय समितिले संसदमा पेश भएको महाभियोग प्रस्तावका विषयमा कुनै ठोस धारणा तय नगरी भोटिङको समयमा मात्र खुल्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।

संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुँदै

पद र शक्तिको दुरुपयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बद्‌नाम गर्ने कार्यमा संलग्न लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आज मंगलबारदेखि छलफल सुरु हुँदैछ। ३ बजे बोलाइको संसद बैठकमा महाअभियोग प्रस्ताव टेबुल हुनेछ। त्यसपछि प्रस्तावक सांसदले महाअभियोग दर्ता गर्नुके औचित्यबारे बोल्नेछन्।

महाअभियोग पारित गर्न सांसदलाई एसएमएस

गत बुधबार व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सांसदहरूकाे सर्मथन जुटाउन पाल्पामा दवाव अभियान थालिएको छ। जिल्लाका नागरिक तहका संघ संस्थाले विज्ञप्ति, एसएमएस र हस्ताक्षर अभियानमार्फत प्रस्तावको स्वागत गर्दै सांसदहरूलाई खबरदारी गरेका छन्।

लोकमानमाथिको महाअभियोग अझै अस्पष्टः यादव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरणबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकोले आफ्नो विषयको कुरा नरहेको बताए।

लोकमानमाथिको महाअभियोग अझै अस्पष्टः यादव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरणबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकोले आफ्नो विषयको कुरा नरहेको बताए।

महाअभियोगको पक्षमा ६ कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं- नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा ६ केन्द्रीय सदस्यले मात्र स्पष्ट धारणा राखेका छन्।

महाअभियोग प्रस्तावले सत्ता गठबन्धनमा असर गर्दैन: उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन्।

महाअभियोगका विपक्षीलाई जनताले सजाय दिनेछन्ः पूर्व मन्त्री राई

पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका युवा नेता शेरधन राईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको विपक्षमा जाने राजनीति दललाई जनताले नै सजाय दिने बताएका छन्।

नेकपा संयुक्तका सांसदले महाअभियोग पक्षमा मतदान गर्ने

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका—संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ।

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो :कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। नेपाल प्रेस युनियन गुल्मीले साेमबार आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने-काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ ।

' छापामार शैली नअपनाएको भए महाअभियोग प्रस्ताव कब्जा हुन सक्थ्यो'

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले विपक्षीबाट आफूलाई धम्की आएको बताएका छन्। उनले विपक्षी कार्की पक्षबाट मात्र नभइ आफ्नै पार्टीभित्रैबाट पनि दबाब र धम्की आएको जनाए।

'कार्की विरुद्वको महाअभियोगले अख्तियार मर्माहत'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोग प्रमुख लोकमासिंह कार्की विरुद्वको महाअभियोग प्रस्तावले अख्तियार परिवारलाई मर्माहत तुल्याएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्