चितवनको राप्तीमा बर्डफ्लू संक्रमण देखियो
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना संकलन गरी काठमाडौँ पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना संकलन गरी काठमाडौँ पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।
काभ्रेपलाञ्चोक जिल्लास्तरीय बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को बैठकले पन्छीजन्य रोगलाई जिल्ला भित्रन नदिन विभिन्न कार्ययोजना बनाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा जिल्लाका चारैवटा सुरक्षा निकायसहित कुखुरा, दाना, चल्ला, अण्डा र मासु व्यवसायी सम्मिलित डाइटेकको बैठकले रोगमुक्त प्रमाण भएका कुखुरा, चल्ला, अण्डा र पन्छीजन्य पदार्थमात्र जिल्ला भिœयाउन दिने निर्णय गरेको हो।
बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
कुखुरापालन गर्दा फाइदा लिनमात्र नभई विभिन्न रोगको संक्रमण हुन नदिन जैविक सुरक्षा उपाय अपनाउनुपर्छ। गत साता मकवानपुरमा बर्डफ्लू भेटियो। यस्तै, देशका अरु स्थानमा गरिएका कुखुरापालनमा पनि यो रोगको संक्रमण देखिएको छ। मकवानपुरसँग सिमाना जोडिएको र काठमाडौंसँग दैनिक कारोबार हुने जिल्लाका हिसाबले चितवनमा पनि बर्डफ्लूको अत्यन्त धेरै जोखिम छ।
मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) रोग फैलिएको मुलुकबाट जीवित पक्षी (कुखुरा, हाँसलगायत अन्य चरा जाति), त्यसको मासु, अण्डा र पक्षीजन्य उत्पादन सामग्रीसमेत नेपालभित्र पैठारी गर्न सरकारी प्रतिबन्ध रहँदै आएको छ।
पुर्वी चितवनको खैरहनी नगरपालिकामा बर्ड फ्लू भेटिएपछि वरिपरिको ठाउँलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ सुर्तनीमा रहेको कुखुरा फार्ममा बर्ड फ्लू भेटिएको हो।
रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन्।
व्यावसायिक बन्दै गइरहेको नेपाली पोल्ट्री व्यवसायमा कुखुराका रोगसमेत बढ्दो छ। के गर्मी, के जाडो, अधिकांश समय कुनै न कुनै रोगले कखुरालाई आक्रान्त पारेकै हुन्छ।