८ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णाली करिडोरको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी

कर्णाली करिडोरको कुल ६ सय ८२ किलोमिटर भएपनि कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडको हिल्सा,हुम्ला खण्डको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र गरिँदै

चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए। निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

कर्णाली करिडोरमा चर्को भाडा असुली

कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।

चुनौतीसँगै खुल्दै अवसरका ढोका

सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगीकरणको सम्भावना धेरै भए पनि सम्भावनाअनुसार उद्योगको विकास हुन सकिरहेको छैन। पुराना उद्योग बन्द हुने र नयाँ उद्योग स्थापना नहुने क्रम पछिल्ला वर्षमा देखिएको छ।

औद्योगिक वैभव समाप्त पार्ने यी अवरोध

विराटनगर नाका जोड्ने भारतको जोगवनीस्थित मिरगञ्ज पुल लामो समयदेखि अवरुद्ध भएपछि सो नाकाबाट हुने आयात-निर्यात नौ महिनादेखि ठप्प भएको छ।

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।

कर्णाली करिडोरको ठाउँ–ठाउँमा पहिरोले सास्ती

कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्ला जोड्ने सडक कर्णाली करिडोर हो। यो करिडोर नामाकरण गरी ट्र्याक खोल्न थालेको वर्षौं वितिसकेको छ।

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

गैडाकोटका सय घर डुबानमा

भवन नै डुबानमा परेपछि पठनपाठन बन्द भएका छन्। जनक माविको भुइँतला पूरा डुबानमा परेपछि कम्युटर तथा कागजातमा क्षति पुगेको छ।

बेनी-जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द

‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भने। पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्