अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या
अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।
अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।
नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्गको अझै सात किलोमिटर ट्र्याक छिचोल्नै बाँकी रहेको छ।
कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला जोडिने छ। यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार हुनेछ।
भारतको दुधुवा नेशनल पार्क हुँदै वसन्ता करिडोरबाट बाघ बस्ती नजिकका जंगलमा देखिएको आशंका गरिएको छ।
दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ।
करिडोर खण्ड अन्तगत पचालझरना गाउपालिकाको लाफामा शनिबारदेखि खसेको पहिरोको कारण अबरुद्ध सडक सचालनमा आएको हो।
एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोरभित्रका पुल अझै निर्माण हुन सकेका छैनन्। करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन्।
सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।
अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।
करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो।
कालिकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली कोरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन्।
पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ। विदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो।
कर्णाली करिडोरको हुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवान र स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएका छन्। अग्लो चट्टानी भीर भएको सुनाखाडामा चट्टान विस्फोट गर्न नेपाली सेना र,स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएको छन्।
दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने भएको छ।