८ मंसिर २०८१ शनिबार
image/svg+xml

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ। निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

धक्काको भरमा गाडि चलाउदै

कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो।

बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।

कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।

डेढ बर्षभित्र महाकाली करिडोरकाे ट्रयाक खुलिसक्ने लेखककाे दाबी

नेपाली काँग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन्।

कर्णाली करिडोरः त्रिदेशीय ट्रान्जिट बन्दै नेपालगन्ज

नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ ।

सेउती खोला मिचेर हेल्थ करिडोर बनाएको भन्दै मेयरले रोके काम

संघीय बजेटबाट धरान ५ तल्लो देउरालीमा निर्माण भइरहेको हेल्थ करिडोरले सेउती खोला मिचेको भन्दै मेयर हर्क साम्पाङले काम रोकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्